७ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकाको एक सय दिनको प्रगति विवरण सार्वजनिक


कोहलपुर नगरपालिकाले एक सय दिनको अवधिमा भए गरेका कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।

पालिकाले जेठ ११ गतेदेखि १४ गतेसम्मको अवधिमा भए गरेका प्रगति विवरणले कोहलपुरबासीलाई जनप्रतिनिधि प्रति आशा र भरोसामात्र जगाएको छैन सम्भावनाको दूर दृृष्टिको खाका कोरिदिएको प्रगती बिवरणमा उल्लेख छ ।

गएको बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित नगर प्रमुख पूर्ण प्रसाद आचार्य नेतृत्वको टोलिले एक सय दिनको अवधिमा ३२ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै खर्चमा मित व्ययीता अपनाइएको छ भने पारदर्शीता, जवाफदेहिता, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन लगायतका सवालमा उल्लेखनीय कार्यहरु भएको दाबी छ ।

नगरपालिकाले गर्ने सम्पूर्ण कामहरुलाई पारदर्शी एवम् सहभागीता मूलक तरवरले गर्ने गरिएको भन्दै ती कार्यहरु अधिकांश सार्वजनिकरुपमै जानकारी गराउने गरिएको पालिकाले जनाएको छ ।

पालिकाले आर्थिक मितव्ययीता एवम् पारदर्शीताको लागि कोटेशन खरिद प्रणालीलाई निरुत्साहित गरिएको स्पष्ट पारेको छ । गर्नै पर्ने भएमा कम्तीमा एक हप्ताको सूचनाबाट प्रतिस्पर्धात्मक तवरले गर्ने गरिएको उल्लेख छ ।

सरकारी एवम् सार्वजनिक जग्गा संरक्षणको लागि कुनै पनि व्यक्ति, संस्था वा निकायलाई जग्गा उपलब्ध नगराउने नीति अवलम्वन गरिएको पनि नगरपालिकाले आफ्नो प्रगति मानेको छ ।

यस्तै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान सुरु भइसकेको र क्रमश हटाउने प्रक्रियालाई प्रभावकारी ढंगबाट अघि बढाइएको पनि नगरपालिकाले जनाएको छ ।

एक सय दिनको अवधिमा स्थानीय भू उपयोग परिषद गठन गरी नगर क्षेत्रका सम्पूर्ण जग्गा, कृषि एवम् गैर कृषि क्षेत्रमा वर्गीकरण गरिएको, कोहलपुर नगरपालिकाको आधारभूत तह कक्षा १–८० मा स्थानीय पाठ्यक्रम (हाम्रो कोहलपुर) तयारी गरी सम्पूर्ण विद्यालयमा नेपाली भाषामा अध्यापन हुने गरी यसै आर्थिक वर्षबाट लागु गरिएको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुखको सचिवालयद्धारा जारी प्रगति विवरणमा फोहर व्यवस्थापन विर्सजनका ालगि ल्याण्डफित साइटको प्रबन्ध एवम् सम्झौता गरी कार्यान्वयनमा ल्याइएको, कर्मचारी व्यवस्थापनका लागि दरवन्दी भन्दा अधिक संख्यामा रही नगरपालिकालाई थप आर्थिक दायित्व सिर्जना भएका ज्यालादारी तर्फ कार्यरत एवम् सेवा प्रदायक संस्थाबाट कार्यरत कर्मचारीलाई हटाइएको, नगरपालिकाको श्वेत पत्र निर्माणको काम सुरु गरिएको, समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याइएको लगायतका प्रगति समेटिएको छ ।

कोहलपुर नगरपालकाको प्रशासनिक भवनको ठेक्का सम्झौता भइ निर्माण सुरु हुनुलाई पनि सय दिनको प्रगतिको सूचिमा राखिएको छ ।

Nabintech