१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा ब्राउनसुगर सहित कारोबारी पक्राउ


इलाका प्रहरी कार्यालय कोहलपुरले दशविगाहामा रहेको एक लागुऔषध अखडामा छापा मारेको छ । होटेलको आवरणमा लागुऔषध ब्राउनसुगरको कारोबार गर्ने  दशविगाहामा रहेको दैलेखी सुर्खेती आयुष गेष्ट हाउसमा प्रहरीले बुधबार छापा मारेको थियो ।

छापा मारेर लागुऔषधसहित एकजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए । ‘विशेष सूचनाको आधारमा लामो समयदेखि लागुऔषधको कारोबार हुने स्थानमा छापा मारेका हौं,’ उनले भने, ‘बिक्रीको लागि तयारी अवस्थामा राखिएको अवस्थामा लागुऔषधसहित एकजनालाई पक्राउ गरेका छौं ।’

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–५ घर भइ दशविगाहामा होटेलको आवरणमा लागुऔषध बिक्रीवितरण गर्ने गणपति सुवेदी रहेको डिएसपी मल्लले जानकारी दिए । खानतलासी गर्दा बिक्रीका लागि राखिएको अवस्थामा एक सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर होटेलबाट बरामद गरेको छ ।

Nabintech