१५ चैत्र २०८०, बिहीबार
समुदायमा डेंगी भेटिएपछि लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान नेपालगन्ज उपमहानगर वडा नं४ वाट सुरु


नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा डेंगी ज्वरोका बिरामी भेटिएपछि लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्ने अभियान सुरु गरिएको छ । उपमहानगरमा सोमबार बिहानदेखि स्वास्थ्यकर्मी, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयं सेविका र स्थानीय बासिन्दाहरु डेंगी सार्ने मुख्य माध्यम लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्ने अभियानमा निस्केका हुन् ।

बाँकेमा ११ जनामा डेंगी देखिएपनि लामो समयसम्म बाहिरी यात्रामा नरहेका गणेशपुरका एकजनामा डेंगी देखिएपछि सचेतनाका लागि कार्यक्रम सुरु गरिएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । बसपार्क क्षेत्रमा रहेका टायर, पानीका बोत्तल भित्र जमेको पानीमा डेंगी सार्न सक्ने लामखुट्टेका लार्भा प्रशस्त मात्रामा फेला परेका छन् ।

ुएडिसु जातको लामखुट्टेको टोकाईबाट डेंगी सर्ने भएकाले लामखुट्टेको टोकाईबाट बच्नु सबैभन्दा प्रभावकारी हुने स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग सम्पर्क ब्यक्ति दुर्गा गौतमले बताइन् ।

एडिस लामखुट्टे सफा जमेको थोरै पानीमा बस्ने भएकाले पानी जम्ने टिन, प्लाष्टिकका डब्बा, र बोत्तल, गमला, फुलदानी, कुलर पानीको ट्याङ्की, टायर लगायतका स्थानमा जमेको पानीमा फुल पार्ने र लामखुट्टेको विकास हुने भएकाले पानी खाली गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिका किटजन्य रोगका सम्पर्क ब्यक्ति तेज ओलीले बताए ।

वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले वडामा समुदाय स्तरमा डेंगी देखिएपछि वडाभर सचेतना अभियान सुरु गरिएको जानकारी दिए ।

Nabintech