१४ बैशाख २०८१, शुक्रबार
बर्दियामा मधुवन नगरपालिकाका कर्मचारी र शिक्षक सहित जुवा खालबाट १५ जना पक्राउ


मधुवन नगरपालिकाका कर्मचारी र शिक्षक सहित जुवा खालबाट १५ जना जुवाडे पक्राउ परेका छन ।

मधुवन नगरपालिकाका स्वास्थ्य शाखा कर्मचारी बर्ष ५० का गोविन्दराज गिरी र नेपाल राष्ट्रिय नमुना मा.बि.का शिक्षक बर्ष ३० का रामेश्वर चौधरी लगायत १५ जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ ।

मधुवन नगरपालिका वडा नं ४ माचड चोकमा रहेको सोमई थारुको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले उनिहरूलाई जुवाखालबाट रङ्गेहात पक्राउ गरेको छ ।

जुवा खेलीरहेको घर खान तलासी गर्दा नगद ५७, २९० रुपैयाँ सहित १५ जना जुवाडे पक्राउ परेको ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रमुख प्रहरी निरीक्षक महेन्द्र बुढाथापाले जानकारी दिनुभएको छ ।

प्रमुख प्रहरी निरीक्षक बुढाथापाले पक्राउ परेकालाई जुवा सम्बन्धि कसुर शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय गुलरिया बर्दियाबाट म्याद थप गरि अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।

सामाजिक समस्याको रुपमा रहेको जुवातासले बिकराल र जटिल रुप लिएमा घरबार, श्रीसम्पत्ती समेत एकै निमेशमा खरानी बनाउन सक्ने भएकाले र यस्ता अबैध जुवाखालका कारण धेरैको परिवार सडकमा आएका कारण प्रहरीले जुवातास खेल्ने र खेलाउनेलाई गम्भीरताका साथ लिने गरेको छ ।

त्यस्तै जुवातासका कारण समाजमा विकृति बढेकाले र धेरै जनगुनासो समेत आएकाले ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी अधिकारीहरूले जुवातास खेल्ने र खेलाउने माथी निगरानी बढाएका थिए ।

जसको परिणामस्वरूप समाजले प्रतिष्ठित पेशाको रुपमा मान्ने शिक्षक र मधुवन नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीनै जुवा तास खेल्नेरखेलाउने घटनामा मुछिए ।

त्यस्तै ईलाका प्रहरी कार्यालय ढोढरीमा प्रमुखको रूपमा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० महेन्द्र बुढाथापा आएपछि शान्ति सुरक्षा र आपराधिक घटनामा कमि आएको स्थानीयको भनाइ छ ।

बृक्षारोपण गर्ने, नागरिक प्रहरीबिचको खालिपना हटाउन नागरिक प्रहरी साझेदारी अन्तर्गतका कार्यक्रमहरू लागू गर्ने, स्थानिय बुद्धिजीवी तथा जनप्रतिनिधि, राजनीतिक दलका नेतासँग छलफल गरेर आएका निचोडलाई अबलम्बन गरेर त्यहाँका समस्याहरू तथा अपराधका प्रकृतिहरूको विश्लेषण गर्दै निरीक्षक महेन्द्र बुढाथापाले त्यही अनुसारको काउन्टर रणनीति लागू गर्नुभएको छ ।

त्यसैको फलस्वरूप इलाका प्रहरी कार्यालय मातहताका क्षेत्रमा अपराधका घटनामा कमि आएको त्यहाँका जनताको भनाइ छ ।

Nabintech