१३ बैशाख २०८१, बिहीबार
एमाले बाँकेका तिन वटै संघिय क्षेत्रका उम्मेदवार सिफरिस


एमाले बाँकेका तीन वटै क्षेत्रीय कमिटीले प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस गरेका छन् ।

एमाले बाँके क्षेत्र नं. १ का सचिव सूर्य रोकायका अनुसार, एमाले क्षेत्र नं. १ ले सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरि जिल्ला कमिटीलाई पठाएको छ ।
यसैगरी, बाँके क्षेत्र नं. २ ले मोहम्मद हारुन हल्वाई, शिव डोटेल, रविन्द्र लम्साल, रचना श्रेष्ठ, पार्वती बोहरा, अक्रम अन्सारी लगायतको नाम सिफारिस गरेको उपाध्यक्ष डिल्ली विसीले बताए ।एमाले क्षेत्र नं। ३ कमिटीले प्रतिनिधि सभा निर्वाचनका लागि किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरेको छ । समानुपातिकका लागि जिल्ला कमिटीले नाम टुंग्याउने भएकोले यस विषयमा छलफल नभएको एमाले बाँके संगठन विभाग प्रमुख भीम ओलीले जानकारी दिए ।

Nabintech