१२ बैशाख २०८१, बुधबार
मेची महाकाली बुहारी संयुक्त आवाज तेस्रो वर्षमा


मेची महाकाली बुहारी संयुक्त आवाज बाँके शाखाले आफ्नो तेस्रो वार्षिक उत्सव दृष्टि विहीन तथा विपन्न महिलासँग मनाएको छ ।

महिला तथा बालबालीका हिंसा बिरूद्द एवं बिभिन्न सामाजिक कार्यमा सक्रिय शाखाले आईतबार आफ्नो तेस्रो वार्षिक उत्सव दृष्टि विहीन तथा विपन्न महिलासँग मनाएको हो । विगत तीन वर्षदेखि स्थापना भएको मेची महाकाली बुहारी संयुक्त आवाज बाँके शाखाले विभिद सामाजिक क्षेत्रका कामहरुमा उल्लेख्य सफलता हात पार्दै आएको छ । वार्षिक उत्सवको अवसरमा यस शाखाले कोहलपुर नगरपालिका वडा नम्बर ११ कि दृष्टि विहीन हिरकला बि।क। लाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । उनलाई चाम, दाल, नुन, तेल, स्वाबिन, लगायतका खाद्य सामाग्री सहयोग गरेको हो । खाद्य समाग्री सहयोग पाएपछि बि।क। निकै खुशी भईन् ।

आफूलाई मेची महाकाली सयुक्त आवाज बाँके शाखाले निरन्तर सहयोग गर्दै आएको बताईन् । बि।क। तीन छोरीकी आमा हुन् । उनका दुई छोरी पनि दृष्टि विहीन छन् भने कान्छी छोरी स्वस्थ छिन् । वार्षिक उत्सवकै अवसरमा शाखाले कोहलपुर ११ कै विपन्न परिवारकी आशारानी थारुलाई आय तथा सीप मुलक तालिम सिकाउन लागेको छ । उनलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ शाखाले सिलाई कटाई तालिम दिन लागेको हो । आर्थिक अवस्था विपन्न भएका कारण धेरै समस्याहरु पर्दै आएको र शाखाले सहयोग गरेपछि आफूले सिलाई पसल संचालनमा ल्याउने थारुले बताईन् ।

संस्थाको तेस्रो वार्षिक उत्सव तथा केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बाको जन्मदिनको अवसरमा कार्यक्रम आयोजना गरीएको हो । केन्द्रिय अध्यक्ष शर्माले संस्थाको वार्षिक उत्सवका अवसरमा सबैलाई शुभककमना समेत व्यक्त गरिन् । भर्चुअल कुराकानी गर्दै शर्माले संस्थालाई निरन्तर सामाजिक कार्यमा अघि बढाउन सबैको साथ सहकार्य जरुरी रहेको बताईन् । मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेकी संयोजक उर्मिला पाण्डे अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उप संयोजक सिता कार्की प्रमुख अतिथी रहेकी थिईन् ।

प्रमुख अतिथी कार्कीले सासु र बुहारीको सम्बन्धलाई मुखरित गर्दै घर परिवारका सम्पूर्ण सदस्यसँगको आवाजलाई यस बुहारी संयुक्त आवाजले उठान गर्ने विश्वास व्यक्त गरिन् । उनले यो आवाजले महिलाका पीडा मात्रै नभएर बालबालिका, पुरुष लगायत समाजमा हुने हरेक हिंसाको विरुद्धमा आवाज उठाउन संस्थालाई अनुरोध गर्दै आफूले समेत हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आज पनि समाजमा महिला, बालबालिका, सुरक्षित नभएको बताउँदै अब यस आवाजले जुनसुकै घटनाको विरुद्धमा आवाज उठाउन सक्नुपर्ने बताईन् ।

उनले फरक प्रशंगमा बोल्दै आर्थिक अवस्थाका कारण शैक्षिक क्षेत्रबाट वञ्चित रहेका विपन्न विद्यार्थीहरुलाई विभिन्न निकायसँग समन्वय गरेर निःशुल्क शिक्षाको व्यवस्था गर्न सकिने बताईन् । उनले विपन्न परिवारका विद्यार्थी भए आफ्नो सम्पर्कमा ल्याईदिन पनि यसउ शाखालाई आग्रह गरिन् । कार्यक्रमको समापन गर्दै संयोजक पाण्डेले एउटा सानो सहयोगले केही राहत पुग्ने विश्वास गर्दै राहत वितरण गरेको उल्लेख गरिन् । उनले यस शाखाले कोरोना कालदेखि हालसम्म पीडामा परेका केही परिवारलाई सानो सहयोगले मुहारमा हाँसो ल्याउन सफल भएको बताईन् । यो तीन वर्षको वर्षको समयमा यस संस्थाले जिल्लाका कुनाका पिडितहरुको बुलन्द आवाज सुन्न सफल भएको भन्दै खुसी व्यक्त गरिन् ।

Nabintech