१६ चैत्र २०८०, शुक्रबार
बाँके १ क र ख बाट एमाले द्धारा उम्मेदवार सिफारिस


आसन्न प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले बाँकेको १ अन्तरगत रहेका क र ख दुबै निर्वाचन क्षेत्रका सम्भावित उम्मेदवार सिफारिस गरेको छ । प्रदेश सभा १ क बाट प्रशुराम थारु, रामकुमार दिक्षित, सोहनलाल यादव, विक्रम यादव, तिर्थ डाँगी र खुमा डाँगीको नाम सिफारिस गरिएको एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा तत्कालिन बाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार शरदचन्द्र बर्मालाई पराजित गर्दै बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी कृष्णा केसी नमुना निर्वाचित भएकी थिइन् । नेकपा एमालेले गठबन्धनकी उम्मेदवार केसीलाई समर्थन गरेको थियो ।

यस्तै प्रदेश सभा १ ख बाट एमालेले दुर्गाप्रसाद थारु, नरेन्द्र शर्मा, सुर्य रोकाय, कुश्माखर बस्याल, अनिता पौडेल, बिजुला अधिकारी र विष्णु बेल्बासेको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख सतिश निरौलाले जानकारी दिए ।

प्रदेश सभा १ ‘ख’ बाट २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनले जितेको थियो । बाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी नेतृ आरती पौडेल निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसले नारायणप्रसाद गौडेललाई आफ्नो उम्मेदवार बनाएको थियो ।

Nabintech