१५ चैत्र २०८०, बिहीबार
हार्डवेयर व्यवसायी द्धारा रक्तदान


“ सम्बृद्ध्री र विकासमा हाम्रो सहभागीता व्यवसायीक एकता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ कोहलपुर हार्डवेयर व्यवसायी संघ बाँकेले कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख ऐन बहादुर मल्लले रक्तदान भनेको जिवनदान भन्ने बुझ्नु पर्ने वताए । हामीले दिएको रगतका कारण कुनै एक व्यक्तिको ज्यान बच्चे भएकाले यस्तो कार्यलाई आफुले महान कार्यको रुपमा लिने गरेको वताए ।
यस्तै कार्यक्रमा विशिष्ट अतिथि कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले रक्तदान मानव सेवाको काम भएको बताए । कार्यक्रममा कोहलपुर जुत्ता ब्यवसायी संघका अध्यक्ष बलराम देवकोटा लगायतको सहभागीता हरेको थिए ।
कार्यक्रमा ५५ जनाले ब्लड दान गरेको थिए कोहलपुर हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुमार उप्रेतीले जानकारी दिए ।
कोहलपुर हार्डवेयर व्यवसायी संघकले कोहलपुर क्षेत्रमा बिभिन्न सामाजिक तथा मानबिय सेवाका कामहरु गर्दै आएको छ ।

Nabintech