१४ बैशाख २०८१, शुक्रबार
जसपा केन्द्रीय सदस्य चौधरी माओवादी केन्द्रमा प्रवेश


जनता समाबादी पार्टीकि केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश कमिटी सचिब तथा जिल्ला भूमि आयोग दाँङको बिज्ञ सदस्य लक्ष्मी चौधरी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेकी छिन ।

माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई स्वागत गरे । उनलाई प्रदेश इञ्चार्ज चक्रपाणी खनाल, प्रदेश अध्यक्ष सुदर्शन बराल, जिल्ला इञ्चार्ज निर्मल आचार्यलगायतले पनि स्वागत गरेका थिए ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा आयोजित पार्टीको प्रदेश परिषद समितिको बैठकमा उनि प्रवेश गरेकी हुन ।

जनता समाजबादी पार्टीमा लामो समय काम गरेकी नेतृ चौधरीले देशको आमूल परिवर्तन गर्ने पार्टी माओवादी केन्द्र रहेकाले उक्त पार्टीको उदेश्य र कार्यक्रम आफुलाइ मन परेकोले आफू प्रवेश गरेको बताईन ।

विद्यार्थीकालदेखि राजनीतिमा जोडिएकी चौधरी कैलालीको टिकापुर क्याम्पसमा थारु बिद्यार्थी समाजको अध्यक्ष हुँदै एमाले निकट अखिलको केन्द्रिय सदस्य हुँदै अशोक राई पक्षमा जसपमा जोडिएकी थिईन् ।

Nabintech