७ बैशाख २०८१, शुक्रबार
कांग्रेस द्धारा बाँके १ बाट प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस


नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले प्रत्यक्ष र समानुपातिकतर्फ ३र३ जनाको नाम जिल्लामा सिफारिस गर्ने भएको छ । क्षेत्रीय कार्यसमितिका सचिव खुमबहादुर बस्नेतका अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ३ जना र समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको बताए ।

प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति नारायणप्रसाद गौडेल, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री र तरुण दलका पूर्व महासचिव हुर्मत कुमार न्यौपानेको नाम सिफारिस गर्ने निर्णय भएको बस्नेतले जानकारी दिए । गौडेल यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभा क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार थिए । खत्री प्रतिनिधिसभाका उम्मेदवार थिए ।

यस्तै समानुपातिकतर्फ क्षेत्रीय कार्यसमितिले नारायणप्रसाद सिग्देल, द्रोपती वली र लुटबहादुर खत्रीको नाम सिफारिस गरेको छ । सिग्देल २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवार थिए ।

Nabintech