१६ चैत्र २०८०, शुक्रबार
मन्त्री अथकद्धारा एकै दिन ३ विद्यालय भवनको उद्घाटन


कोहलपुर / नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एंव बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज अथकले आफ्नो निर्वाचन क्षेत्रको ३ वटा सरकारी बिद्यालय भवन उद्घाटन गरेका छन । स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्र्तगत टिनका छाना बिस्तापित गर्ने र पक्की भवन स्थापित गर्ने अभियान अन्तरगत राप्ती सोनारी गाँउपालिकाका बिभिन्न वडाका ३ वटा बिद्यालय भवन उद्घाटन गरिएको हो ।
जस अन्र्तगत राप्ती सोनारी ६ को सिद्धेश्वरी बहुमुखी क्याम्पसको १५ कोठे भवन उदघाटन भएको छ । त्यसैगरी राप्ती सोनारी ६ कै सु कमैया प्राथमिक बिद्यालय,कमैया डांडामा नब निर्मित २ कोठे भवन को उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले उद्धघाटन गरेका हुन । त्यसैगरी राप्ती सोनारी ३ को सरस्वती माबिको ८ कोठे पक्की भवनको मन्त्री एंव संघिय सांसद अथकले उद्धघाटन गरेका हुन ।
संघिय सांसदमा निर्वाचित भए लगतै नेता अथकले आफ्नो निर्वाचन क्षेत्रमा टिनको छानो बिस्थापन अभियान सञ्चालन गरेका थिए । उनले सो क्षेत्रका २ दर्जन बढि बिद्यालयमा करोडौ लगानि गरेको उनका स्वकीय सचिव दिलीप सोनीले जानकारी दिए । शिक्षा क्षेत्रको सुधार नगरी समग्र बिकासले गति नलिने भन्दै अथकले आफ्नो मुख्य प्राथामिकता आगामी दिनमा शिक्षा क्षेत्रमा लगानी बढाउने बताए । उनले बाँके जिल्लाको समग्र बिकासका लागी आफु लागी पर्ने बताए ।

Nabintech