४ बैशाख २०८१, मंगलवार
कांग्रेस द्धारा उम्मेदवारमा सिफारिस


कोहलपुर आसन्न प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश सभा १ ‘ख’ बाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसले आफ्ना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको हो ।

नेपाली कांग्रेसले प्रदेश सभा १ ‘ख’ का सभापति बलराम शर्माका अनुसार पार्टीका तर्फबाट कृष्ण कार्की, टेकनारायण भुसाल, फुलाराम चौधरी, सञ्जुकुमारी चौधरी, चिन्तामणि धिताल, चक्र अधिकारी, लक्ष्मणराज पौडेल, चुडामणि कँडेल र जयसिंह केसीको नाम सिफारिसमा परेको हो ।

यस्तै समानुपातिक तर्फ भानुभक्त भट्टराई, अञ्जना पाण्डे, कृष्ण बिक, जागेश्वर थारु, गुट्टु थारु, दलबहादुर सुनार, लोकबहादुर दमाई, धनऋषि न्यौपाने लगायतको नाम सिफारिस गरिएको सभापति शर्माले बताए । प्रदेश सभा १ ‘ख’ बाट २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनले जित हात पारेको थियो ।

बाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी नेतृ आरती पौडेल निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसले नारायणप्रसाद गौडेललाई आफ्नो उम्मेदवार बनाएको थियो ।

Nabintech