६ बैशाख २०८१, बिहीबार
माओवादी बाँकेले संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान संचालन गर्ने


नेकपा माओवादी केन्द्र बाँकेले एक महिना संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान संचालन गर्ने भएको छ । बुधवार सम्पन्न तेस्रो पुर्ण बैठक बैठकले अभियान सञ्चालन गर्न संघिय निर्वाचन क्षेत्र प्रदेस निर्वाचन क्षेत्रका कार्यक्षेत्र तोकि जिम्मेवारी दिएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र स्थाई समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी स्थाई कमिटी सदस्य युवा तथा खेल कुदमन्त्री महेश्वर गहतराज (अथक), केन्द्रीय अनुशासन आयोगका सचिव असोक रोकाय, केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अन्जना चौधरी, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसद आइपि खरेल , केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने,केन्द्रीय सदस्य अतर हुसेन फारुकी, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य कृष्ण केसि लुम्बिनी प्रदेश संसद उषा पुन,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेस कमिटी सहसचिव अकल बहादुर बम ,बाँके जिल्ला समन्वय समितिका सचिव डिल्ली प्रसाद बराल, लुम्बिनी प्रदेस सदस्य , बाँके जिल्ला समन्वय समिति सदस्य , बाँकेका ८ वटाका नै अध्यक्ष ,उपाध्यक्ष, सचिवको उपस्थिति रहेको थियो ।


आसन्न संघ प्रदेशको चुनावमा नेकपा माओवादी केन्द्र बाँकेको रणनीति , प्रत्येक पालिका प्रमुख एवम प्रतिनिधिबाट लिखित रिपोर्टिङ भएको जिल्ला अध्यक्ष डम्वर बिक तुफानले जानकारी दिए ।जिल्ला पाटीको संगठानिक साथै पालिका पाटीको संगठानिक रिपोर्टिङ बाँकेका आठ वटाका नै पालिकाका अध्यक्षले गरेका थिए भने पाटीको लुम्बिनी प्रदेशको सर्कुलर बाँकेका सचिव डिल्ली बरालले राखेका थिए ।

 

Nabintech