१३ बैशाख २०८१, बिहीबार
कोहलपुरमा अतिक्रमण गरि बनाइएका संरचना हटाउन अबरोध


बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरि बनाइएका संरचना हटाउन थालिएको छ । कोहलपुर नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको नेतृत्वमा मङ्गलबार न्यूरोड क्षेत्रबाट डोजरले अतिक्रमण हटाउन सुरु गरेको हो ।

न्यूरोडमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका संरचना हटाएपछि कोहलपुर बसपार्क पुग्दा भने अवरोध भएको छ । ब्यवसायीहरुले डोजर चालकमाथि ढुङ्गा प्रहार गर्न थालेपछि अवरोध हटाउने कार्य रोकिएको छ । स्थानीय ब्यवसायीहरुले विकल्प दिएर मात्रै हटाउनुपर्ने माग गरेका छन् ।

 

नगर प्रमुख आचार्यले आफुहरुको अभियानमा अवरोध भएपनि आम नगरबासीसँग टोलीको काममा सहयोग गर्न सार्वजनिक आग्रह समेत गर्नुभएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनवहादुर मल्ल, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिमालय शाह लगायतका सुरक्षाकर्मीसहित कोहलपुरमा अतिक्रमित संरचना हटाउने अभियान सुरु गरिएको छ ।

Nabintech