८ बैशाख २०८१, शनिबार
आईतवार कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय उद्धघाटन हुने


नापी तथा मालपोतको शाखा कार्यालय कोहलपुरको कार्यालय भवनको आईतवार उद्धघाटन गरिने भएको छ ।
मालपोत कार्यालय बाँकेका प्रमुख छबि नेपालीले भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आईतवार दिउसो कोहलपुरमा शाखा कार्यालयको उद्धघाटन गर्ने जानकारी दिए ।
कार्यालय प्रमुख नेपालीका अनुसार कोहलपुर नगर बिकास समितीको हाता भित्र रहेको एक भवनमा कार्यालय उद्धघाटन गर्न लागिएको हो । कार्यालयको उद्धघाटन कार्याक्रमा नेपाल सरकाराका युवा तथा खेलकुद मन्त्री एंव बाँके क्षेत्र नं १ का संघिय सांसद महेश्वर गहतराज अथक , जिल्ला बाट प्रतिनिधीत्व गर्ने प्रदेश सांसदहरुको पनि सहभागीता रहने बताईएको छ ।
माओवादी केन्द्रका नेता एंव खेलकुद मन्त्री अथक , युवा नेता नरेन्द्र न्यौपाने , तुलाराज बिष्ट बिहानी , अवराज खड्काले पहल लिएका थिए ।

Nabintech