१४ बैशाख २०८१, शुक्रबार
व्यवसायीहरूका समस्या समाधान गर्नका लागि सरकार प्रतिवद्दः मन्त्री अथक

हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेको अध्यक्षमा शाह



बैजनाथ / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले व्यवसायीहरु देश बिकासका साझेदारहरु भएको बताएका छन ।
हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेको तेस्रो साधारण सभा तथा छैठौं अधिवेशनको उद्घाटन गर्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन ।

विकासको साझेदार निजी क्षेत्रको राज्य संरक्षक भएको भन्दै उनले व्यवसायीहरूले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री अथकले व्यवसायीहरूका समस्या समाधान गर्नका लागि सरकार प्रतिवद्द रहेको उल्लेख गरे। ‘तपाईहरूको समस्या समाधानकालागि यातायात मन्त्रीसँग आवश्यक छलफल गर्नेछु’ मन्त्री अथकले भने ‘हेभी इक्विपमेन्ट ब्यवसायीले विकासमा पुर्याएको योगदानको सरकारको उचित कदर गर्नेछ ।’

नेपालमा विद्युत उत्पादनको सम्भावना प्रचुर मात्रमा रहेकाले त्यसतर्फसमेत ब्यवसायीहरूले लगानि बढाउनुपर्ने उनको भनाई थियो ।

हेभी ईक्विपमेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष चक्रपाणी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य उमाकान्त शर्मा, विभिन्न क्षेत्रका प्रतिनिधि तथा हेभी इक्विपमेन्ट ब्यवसायीहरूको सहभागिता रहेको थियो ।
हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेको अध्यक्षमा शाह


हेभी इक्वीपमेन्ट व्यावसायी संघ बाँके छैंठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट संगम शाह को अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको   छ ।

जसको उपाध्यक्षमा प्रेम भण्डारी ,सचिवमा महेश न्यौपाने कोषाध्यक्षमा दामोदर अधिकारी ,सहसचिवमा गिरधर वाली ,सदस्यहरुमा क्रमस , शोभाकर शर्मा ,गौरव रावल, सतीश आचार्य , ध्रुव शर्मा, जयश्वर उपाध्याय रहेको कोषाध्यक्ष दामोदर अधिकारीले जानकारी दिए ।

Nabintech