१३ बैशाख २०८१, बिहीबार
कांग्रेस बाँकेले शोक कार्यक्रम गर्ने


नेपाली कांग्रेस बाँकेले नेता प्रदीप गिरीको सम्झनामा साताव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसका नेता, वैचारिक एवम् समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ७५ वर्षीय गिरीको शनिबार राति ९ः३० निधन भएको थियो ।

एक शोक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस बाँकेले गिरीको निधनले कांग्रेस पार्टी र समग्र राष्ट्र अपुर्णीय क्षति पुगेको जनाएको छ । सभापति नारायणप्रसाद गौडेलद्वारा हस्ताक्षेरित विज्ञप्तिमा गिरीको सम्मानमा साताव्यापी शोक कार्यक्रम आयोजना गरिने उल्लेख छ ।

शोक वक्तव्यमा भदौ ५, ६ र ७ गरी तीन दिनसम्म जिल्ला र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने सभापति गौडेलले बताए ।

उनका अनुसार भदौ ६ गते सोमबारका दिन नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय र मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन ९भदौ १६ गते०सम्म पार्टी कार्यालयमा शोक पुस्तिका राखिने भएको छ ।

सोही दिन नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा शोकसभा आयोजना गरिने भएको छ ।

Nabintech