२६ बैशाख २०८१, बुधबार
एक हप्ता भित्रै नापी तथा मालपोतको शाखा कार्यालय कोहलपुरमा स्थापना हुने


कोहलपुर/भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक हप्ता भित्रै नापी तथा मालपोतको शाखा कार्यालय कोहलपुरमा स्थापना गर्न निर्देशन दिएकी छन् । सोमवार नेपालगन्ज एयरपोर्टमा भुमिसुधार तथा गरिबी निवारण मन्त्री श्रेष्ठले नापी र मालपोत कार्यालय बाँकेका प्रमुखहरु संगको भेटमा यस्तो निर्देशन दिएकी हुन ।
उक्त भेटमा सहभागी माओवादी केन्द्रका केन्दीय सदस्य नरेन्द्र न्यौपानेले माओवादी पार्टीका तर्फबाट नापी र मालपोत शाखा कार्यालय छिटो स्थापना गरिदिन आग्रह गरे लगत्तै मन्त्री श्रेष्ठले एक हप्ता भित्रै कार्यालय स्थपना गर्ने गरि काम थाल्न कर्मचारीहरु लाई निर्देशन दिएकी हुन ।
मालपोत कार्यालय बाँके श्रोतका अनुसार भाद्र १५ गते भित्र शाखा कार्यालय स्थपना गर्ने तयारी भई रहेको छ । उक्त भेटमा प्रदेश सांसद एंव माओवादी केन्द्रीय सदस्य कृष्ण केसी नमुना , केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने , माओवादी केन्द्र लुम्बिनी प्रदेश सहसचिव अकल बहादुर बम , जिल्ला अध्यक्ष एंव खजुरा गाँउ पालिका अध्यक्ष डम्वर बहादुर बिक तुफान , जिल्ला सचिव अमिर केसी , माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्का लगायत नेता कार्यक्रर्ता सहभागीता रहेको थियो ।
यस्तै उक्त भेटमा भुमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादव , कोहलुर नगरपालिका वडा नं ९ का अध्यक्ष ओपेन्द्र नाथ योगीको पनि सहभागीता रहेको थियो ।

Nabintech