१४ बैशाख २०८१, शुक्रबार
तिजको अवसरमा अनेमसंघ नेपालगञ्ज द्धारा रक्तदान


हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शनिवार अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजनामा नेपालगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजना र प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक डम्मर बिक तुफान, महिला नेतृ कस्मीरा खातुन सहित ४२ जनाले रक्तदान गरेका छन ।
संघको अध्यक्ष मिना डाँगीको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि अनेमसंघ कि केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य अन्जना थारु लगायतको सहभागीत रहेको थियो ।

“जहिले पनि रक्तदान कार्यक्रममा महिलाको संख्या एकदमै न्युन हुने तर, रगत लिने महिलाहरुको संख्या एकदमै बढी हुने गरेकाले महिलालाई रक्तदानमा उत्प्रेरित गर्न तिजको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेमसंघ क्रान्तिकारी कि अध्यक्ष डाँगीले बताईन् ।“

उक्त रक्तदान कार्यक्रममा प्रमुख अनेमसंघ क्रान्तिकारी कि केन्द्रीय सदस्य अन्जना थारु, माओवादी केन्द्रका केन्द्रीय सदस्य अतहर हुसेन फारुकी, लुम्बिनी प्रदेशका सहसचिव अक्कल बहादुर बम, जिल्ला संयोजक डम्मर बिक तुफान, प्रदेश सदस्य नबिन शर्मा र महिला नगर इन्चार्ज मन्दिरा पाण्डे लगायतको सहभागीता रहेको सचिव इश्वरी रावतले जानकारी दिईन ।

Nabintech