१४ बैशाख २०८१, शुक्रबार
 अस्पताल पुगेर प्रचण्डले गरे कांग्रेस नेता गिरिको स्वास्थ्य लाभको कामना


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् ।

शनिबार बिहान मेडिसिटी अस्पताल पुगेर अध्यक्ष प्रचण्डले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।

झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर मा राखिएको छ ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए ।

Nabintech