१३ बैशाख २०८१, बिहीबार
सुरेश थारुको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी बाँके गठन


बाँकेमा नागरिक उन्मुक्ति पार्टी गठन भएको छ । यस अघि नेपाली कांग्रेसका नेता रहेका  सुरेश थारुको अध्यक्षतामा १५ सदस्यीय नागरिक उन्मुक्ति पार्टी, बाँके गठन भएको छ ।
कोहलपुरमा भएको भेलाले राप्तीसोनारी गाउँपालिका ६, फत्तेपुरका ओमराज चौधरीलाई सचिव र फत्तेपुरकै नोरी चौधरीलाई कोषाध्यक्षमा चयन गरेको अध्यक्ष सुरेश थारुले जानकारी दिए ।
भेलाले सदस्यमा रेशम थारु, रिसम परियार, रामलौटन थारु, शान्ता नेपाली, कलामती थारु, प्रभुदयाल थारु, चल्लुराम चौधरी, रामप्यारी चौधरी, राधेश्याम थारु, मानबहादुर थारु, देवीकुमारी चौधरी र राजु चौधरीलाई चयन गरेको छ ।
डिल्लीबजार कारागारमा वन्दी जिवन विताइरहेका रेशम चौधरीको अगुवाईमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले मंसिरमा हुने संघीय र प्रदेश सभा निर्वाचनमा बाँकेका तीन वटै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको अध्यक्ष सुरेशले बताए । उनले उम्मेदवारको करिव–करिव टुंगो लागिसकेको स्पष्ट पारे ।
उनका अनुसार, बाँके क्षेत्र नं. १ मा सुरेश थारु, क्षेत्र नंं. २ मा कमल चौधरी र क्षेत्र नं. ३ मा रिसम परियार उम्मेदवार बन्ने सम्भावना रहेको बताए ।

Nabintech