१४ बैशाख २०८१, शुक्रबार
संघका प्रवक्ता धामी प्रहरी नियन्त्रणमा


नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामी प्रहरी नियन्त्रणमा पुगेका छन् । राजश्व अनुसन्धान कार्यालय कोहलपुरका एक जना कर्मचारीमाथि छापा मार्ने क्रममा दुव्र्यवहार गरेको आरोप उनीमाथि छ ।

कर्मचारीले उजुरी दर्ता गरेको भोलिपल्ट धामी आफै जिल्ला प्रहरी कार्यालयमा पुगेका हुन् । त्यसक्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि उनीसँगै प्रहरी कार्यालय पुगेका थिए ।

आइतबार राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारी बाबुराम पन्थी सहितको टोली घरबारीटोल पुगी विभिन्न पसलबाट अनुचित लाभ लिइरहेको विषय बाहिर आएपछि धामी त्यहाँ पुगेर कर्मचारीलाई धम्क्याएको भिडियो सार्वजनिक भएको थियो ।

Nabintech