१३ बैशाख २०८१, बिहीबार
अर्थमन्त्री शर्मा र धरानका मेयर साम्पाङ्गबीच भेट

धरानको खानेपानी समस्या समाधान गर्न संघीय सरकारको सहयोगको प्रतिवद्धता



अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र धरानका मेयर हर्क साम्पाङ्गबीच मंगलबार भेट भएको छ।

भेटमा अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिवद्ध रहेको बताएका छन्।

अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिए पछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले महानगरपालिकालाई सहयोग गर्ने आश्वसन दिए।

मन्त्री शर्माले मेयर साम्पाङ्ग र उनको टीमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रसंशा गरे।

तपाईले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छु, मन्त्री शर्माले भने।

मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताए ।

उनले भने तपाईहरू हाम्रो अविभावक हो जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला।

Nabintech