१५ चैत्र २०८०, बिहीबार
बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरण गर्ने लक्ष्य


काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणका लागि नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेको बताएका छन् ।

माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार दुई पार्टीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा गर्दै भट्टराईले उक्त धारणा राखेका हुन् । बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुविकरण गर्ने लक्ष्य हो, पूर्वप्रधानमन्त्री भट्टराईले भने ।

भट्टराईले सत्ता गठबन्धनको मापदण्ड अनुसार आगामी चुनावमा तालमेल हुने पनि बताए । उनले भने, हामी पनि गठबन्धनको एक अंग हौं, गठबन्धनको जे मापदण्ड बन्छ, त्यहीअनुसार हुन्छ ।

आगामी आमनिर्वाचनमा नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडाु लिएर चुनाव लड्ने निर्णय लिइसकेको छ । ती पार्टीहरुबीच अहिलेलाई सहकार्य र चुनावपछि पार्टी एकतामा जाने समझदारीसमेत बनिसकेको छ । पेरिसडाँडाको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेसपा अध्यक्ष भट्टराई, अर्का अध्यक्ष महिन्द्रराय यादव सहभागी थिए ।

Nabintech