१४ बैशाख २०८१, शुक्रबार
रुकुमपूर्व दुर्घटना : दुई डिएसपीसहित घाइतेहरु कोहलपुर ल्याईयो


रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाईते भएका सबैलाई हेलिकोप्टर मार्फत कोहलपुर ल्याईएको छ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत पहिलो चरणमा सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी र प्रहरी जवान सन्तोष बुढामगरलाई कोहलपुर शिक्षण अस्पताल ल्याईएको थियो ।

दोस्रो चरणमा नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी र प्रहरी जवान इन्द्र घर्तीलाई ल्याईएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका लक्ष्मण पुनलाई  हेलिकोप्टर मार्फत नेपालगञ्ज ल्याईएको छ । आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरा तर्फ जाँदै गरेको नेपाल प्रहरीको लु १ झ ६६० नम्बरको भ्यान तल्लोसेरामा दुर्घटना हुँदा प्रहरी जवान पुनको मृत्यु भएको थियो ।

गाडीमा सवार नेपाल प्रहरीका डिएसपी डाँगी र सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठ सहित ५ जना घाईते भएका थिए । गाडी सडकबाट करिब १ सय मिटर तल खसेको छ । घटनाको कारण भने खुल्न सकेको छैन् ।

Nabintech