१४ बैशाख २०८१, शुक्रबार
लिलमान परियारले त्यागे कांग्रेस


नेपाली कांग्रेसका लिलमान परियारले नेकपा एमालेमा प्रवेश गरेका छन । उनले कांग्रेस परित्याग गर्दै एमालेमा प्रवेश भएका हुन ।

नेपाली कांग्रेस बाट लामो समय राजनिती गरेका परियार कांग्रेसका २०४७ सालका क्रियासील सदस्य हुन । पुर्व वडा मुलसमिती सदस्य नेपाली कांग्रेस को १२र १३ औँ महाधिवेशन प्रतिनिधि भएका थिए ।

त्यसै गरि परियार कांग्रेसको महा समिति सदस्य, पुर्व दलित आयोग कन्द्रिय सदस्य, पुर्व नेपाल दलित महासंघ जिल्ला उपसभापति समेतको जिम्मेवारीमा काम गरिसकेका छन ।

लिल मान परियारलाई नेकपा एमाले केन्द्रीय सदस्य सुर्य ढकालले पार्टीमा स्वागत गरेका छन ।

ढकालले उहाँ ९परियार० लाई पार्टीले उच्च मुल्यांकन गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिईने बताएका छन । परियारले बाँके राप्तिसोनारी गाउँपालिका बाट राजनीति गर्थे ।

Nabintech