१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा शुसिल कोईरालाको ८४ औ जन्म जयन्ती मनाईयो


नेपाली काँग्रेस बाँकेले नेपाली काँग्रेसका पुर्व पार्टी सभापती एवं पुर्व प्रधानमन्त्री स्वर्गीय शुसिल कोईरालाको ८४ औ जन्म जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

पार्टी सभापती नारायण प्रसाद गौडेलको अध्यक्षता र पुर्वमन्त्री गजेन्द्र बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुसिल कोईराला र आजको सन्दर्भ विषयक गोष्ठी गरिएको हो ।

कार्यक्रममा पुर्व मन्त्री हमाल, विशिष्ट अतिथी पुर्व पार्टी सभापती किरण कोईराला, पार्टी सभापती गौडेल र पार्टीमा आवद्ध विभिन्न नेता तथा कार्यकर्ताहरुले, संविधान पिता स्वर्गिय शुसिल कोईरालाले गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।

साथै, संविधान पिता स्वर्गिय कोईरालाले घोषणा गरेको संविधानले नै अहिले राष्ट्र चलेको समेत धारणा राखेका थिए । कार्यक्रममा तीन वटै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ता, भातृ सङ्गठन र सुभेच्छुक संस्थाको उल्लेख्य उपस्थिती रहेको थियो ।

Nabintech