१५ चैत्र २०८०, बिहीबार
नेकपा (बहुमत) का बाँके जिल्ला संयोजक शाह पक्राउ


नेकपा (बहुमत) बाँके जिल्ला संयोजक कृष्ण शाह लाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई कालोमोसो दलेको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले उनलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्लले पिडीत पक्षको किटानी जाहेरीका आधारमा मल्ल लाई फक्राउ गरिएको जानकारी दिए ।
धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट युवा संगठन युवा जनस्यसेवक नेपाल कर्णाली ब्युरोले कालोमोसो दलिएको घटनाको जिम्मेवारी लिएको थियो ।
मल्ल लाई पक्राउ गरि घटनाका बारेमा अनुषन्धान अगाडी बढाएको कोहलपुर प्रहरीले जनाएको छ । कालो मोसो दलको घटनाको कोहलपुरका बिभिन्न राजनैतिक दल र सामाजिक संघ संस्थाहरुले बिरोध जनाएका थिए ।
नेकपा (बहुमत) द्धारा बिरोध
आफ्ना बाँके जिल्ला संयोजक कृष्ण शाह लाई प्रहरीले पक्राउ गरेको प्रति नेकपा (बहुमत) ले बिज्ञप्ती मार्फत बिरोध जनाएको छ ।
नेकपा (बहुमत) नबौ महाअधिबेशन आयोजक समितीका तर्फ बाट प्रवक्ता सुद्र्धशनले जारी गरेको बिज्ञप्ती बिना कारण आफ्ना नेता लाई गिरफ्तार गरिएको भन्दै अबिलम्ब रिहाईको माग गरिएको छ ।
राज्य संग सम्पुर्ण राजबन्दी रिहा गर्ने सम्झौता भएको भएपनि आफ्ना नेता कार्यक्रर्ता बिनकारण पक्राउ पर्नु दोहरो चरित्र भएको भन्दै अबिलम्ब रिहाई गर्न र त्यसो नभए हुने असहज परिश्थितीको जिम्मेवार राज्य हुने चेतावनी दिईएको छ ।


के आरोप लगाईएको थियो मल्ल माथी
कालोमोसेको घटना पछि युवा जनस्यसेवक नेपाल कर्णाली ब्युरोले  जारी गरिएको  विज्ञप्तिमा कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थामा विगत केही समय यता उपभोक्ताहरूबाट त्यहाँ भईरहेको अनियमितता बारे खवरदारी गर्दा पनि उक्त हर्कत नसच्याएको र उल्टै सोही संस्थाका अध्यक्ष नरबहादुर मल्लले उपभोक्तालाई धम्कि दिने गरेको साथै संस्थामा थुप्रै खाले अनमियतता भएकाले चेतावनी स्वरूप संगठनले कालो मोसो दलि सांकेतिक कार्वावही गरेको जनाएको थियो ।
साथै उक्त सङ्गठनले गतबर्ष नै सधारसभा गरी नयाँ कार्यसमिति चयन गरि संस्थाको नियमित कार्य सञ्चालन गर्नुपर्नेमा पुरानै समितिलाई निरन्तरता दिई संस्थाको विधान विपरीत अवैधानिक ढंगले कार्य समिति चलाएको, नगरका विभिन्न ठाउँहरूमा खानेपानी पाईपहरू विछ्याउदा तथा मर्मत सम्भार गर्दा व्यापक रूपमा आर्थिक अनमियतता रहेको जनगुनासो आएकाले कारबाही गरिएको उल्लेख गरेको छ ।
सोमबार दिउँसोको समयमा दिउसो कार्यालय समयमा आएका ४ जनाको समुहले कालो मोसो दलेर फरार भएका थिए ।

Nabintech