८ बैशाख २०८१, शनिबार
मल्ल माथिको दुव्र्यवहार निन्दनीय : दलहरु


कोहलपुर/ कोहलपुरमा क्रियासिल सात दलले कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्लमाथि भएको दुव्र्यवहारको निन्दा गरेका छन् । शुक्रबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलले कार्यकक्ष मै पुगेर घटाइएको घटना निन्दनीय भएको भन्दै संयुक्त रुपमा निन्दा गरेका हुन् ।

यही साउन २३ गते अध्यक्ष मल्लमाथि युवा जनस्वयमसेवक नेपालका कार्यकर्ताहरुले कालोमोसो दलेका थिए । उक्त घटनालाई दलहरुले योजनबद्ध बनेका छन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ, ‘कार्यकक्षमा योजनाबद्ध तरिकाले प्रवेश गरी मनग्य रुपमा चन्दा मागेको र प्राप्त हुने अवस्था नभएपछि सुनियोजित ढंगले विभिन्न लाल्छना लगाउँदै आउँदै गरेको खानेपानीको निर्वाचन समेत प्रभावित हुने गरी सांघातिक हमला गरियो । यो अमानवीय रुपमा गरिएको दुव्र्यवहार र चरित्र हत्या गर्ने प्रयास हो । यसको घोर निन्दा गर्दछौँ ।’

उनको पक्षमा प्रेस विज्ञप्ति निकाल्ने दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी रहेका छन् ।हलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्लमाथि भएको दुव्र्यवहारको निन्दा गरेका छन् । शुक्रबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलले कार्यकक्ष मै पुगेर घटाइएको घटना निन्दनीय भएको भन्दै संयुक्त रुपमा निन्दा गरेका हुन् ।

यही साउन २३ गते अध्यक्ष मल्लमाथि युवा जनस्वयमसेवक नेपाल कार्यकर्ताहरुले कालोमोसो दलेका थिए ।

Nabintech