१२ बैशाख २०८१, बुधबार
कोहलपुरमा निशुल्क ग्रासरुट फुटबल प्रशिक्षण


कोहलपुर रेसिंग साहारा क्लब कोहलपुरले आजदेखि ग्रास रुट फुटबलको प्रशिक्षण शुरु गरेको छ । चक्र क्षेत्रीको अध्यक्षतामा निर्वाचित कमिटिले आफ्नो पहिलो प्रतिबद्धता अनुसारको ग्रासरुट फुटबलको शुरुवात गरेको हो । ८ बर्षदेखि १४ बर्षमुनिका बालबालिकालाई क्लबले निशुल्क रुपमा प्रशिक्षण गराउने क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए प्रशिक्षण कार्यक्रमको कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीले गरेकी थिइन । उपमेयर सुवेदीले प्रशिक्षकद्धय हरि कठायत र कृष्ण रानालाई बलहस्तान्तरण गरेर औपचारीक रुपमा प्रशिक्षण कार्य सुरु भएको थियो ।


कार्यक्रममा बोल्दै सुवेदीले देशलाई विश्वसामु पहिचान गराउने भनेको खेलकुद भएको हुदा बालबालिकालाई सानै देखि खेलकुदममा समाहित गरेको खण्डमा भबिष्यमा राम्रो पहिचान हुने समेत बताईन । यस्तै उहाँले खेलकुदको बिकासका लागि नगरपालिकाको तर्फबाट आफुहरु सकारात्मक भएको र यस्ता गतिबिधी आबश्यक रहेको पनि बताईन । पछिल्ले समय बालबालिका मोबाइलमा गेम खेल्ने र यूटुबमा ब्यस्त भैरहको अबस्थामा खेलकुदमा ब्यस्त गर्न सकिय मात्र बालबालिकाको सर्वांगिण विकास गर्न सकिने बताईन ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष क्षेत्रीले ८ देखि १४ बर्षसम्मका छात्रहरुका लागि निशुल्क रुपमा क्लबमा आबद्ध रहेका प्रशिक्षकहरुद्धारा प्रशिक्षण गराइनुका साथै उनीहरुको बृद्धि बिकासका साथै भबिष्यमा राम्रो खेलाडी उत्पादन गर्नका लागि यो अभ्यास शुरु गरिएको बताएका थिए । प्रशिक्षण निशुल्क रुपमा संचालन गरिएको र त्यसका लागि कुनै शुल्क नलाग्ने पनि अध्यक्ष क्षेत्रीले जानकारी दिएका थिए ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं। ५ का अध्यक्ष दीपेन्द्र श्रेष्ठ, क्लबका पदाधिकारी, सल्लाहाकार खेलाडी छात्रहरुको उपस्थिती रहेको थियो ।

Nabintech