१३ बैशाख २०८१, बिहीबार
सरकारले प्रदान गरेको योजनालाई कार्यन्वयन सही ढंगले गर्नुहोस :मुख्यमन्त्री  केसी


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले ल्याएको बजेट सही ढंगले कार्यन्वयन गरी आम जनताको जीवन बदल्ने कुरालाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन ।
जिल्ला प्रशासन कार्यालय रोल्पाको आयोजनामा रोल्पा जिल्लाका संघ र प्रदेश लगायत विभिन्न कार्यालयको आर्थिक वर्ष २०७८/०८९ को समीक्षा तथा प्रगतिका बारे भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
मुख्यमन्त्री केसीले रोल्पा जिल्लाका सरकारी कार्यालयले काम गर्दा गर्दै पनि अपेक्षाकृत नआएको बताउँदै यस आर्थिक वर्षमा बजेट कार्यन्वयन पक्ष लाई सुधार गर्न निर्देशन दिए ।
मुख्यमन्त्री केसीेले रोल्पा जिल्लाबासीहरुको आएको बजेटलाई फिर्ता पठाएर रोल्पाली जनताको विकासको कामलाई रोक्न नहुने बताए ।
मुख्यमन्त्री केसीले सरकारले बजेट प्रदान गरेको भए पनिसही ढंगले कार्यन्वयन नभएको बताए । लुम्बिनी प्रदेश सरकारले आफ्ना गौरवको आयोजनाहरुलाई पहिलो प्राथमिकता दिएर अगाडि बढेको उनको भनाई थियो । उनले लुम्बिनी प्रदेश सरकारको प्रमुख आयोजना राजधानी निर्माण, कृष्णसेन जिवराज मार्ग, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी टेक्निकल विश्वविद्यालयलाई पहिलो ध्यान दिएको बताए ।
मुख्यमन्त्री केसीले जनताको जीवन स्तर बदल्नका लागि सरकारले लिएको योजनालाई कार्यन्वयन गर्ने काम कर्मचारीहरुको भएको बताउँदै जनताकको सेवामा दत्तचित्त भएर काम गर्नका लागि निर्देशन दिए ।
मुख्यमन्त्री केसीले जनताको जीवन स्तर नउठाउँदासम्म लुम्बिनी प्रदेशबासी समृद्ध नबन्ने बताउँदै त्यसका लागि आधारभूत किसान वर्गको जीवनलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
रोल्पा जिल्लाका संघ अन्तर्गतका शहीद मार्ग आयोजना, प्रधामन्त्री कृषि आधुनिकरण आयोजना, ग्रामीण सडक सुधार आयोजनाले आप्mनो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै प्रदेश अन्तर्गतका पूर्वाधार कार्यालय, सिचाई डिभिजन कार्यालय, डिभिजन वन कार्यालय रोल्पा, पशु भेटनरी एवं विज्ञ केन्द्र रोल्पा, कृषि ज्ञान केन्द्र रोल्पा, जलाधार कार्यालय रोल्पा, विद्युत प्राधिकरण रोल्पा लगायत विभिन्न कार्यालयले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा संघीय सांसद जयपुरी घर्ती, ओनसरी घर्ती, प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर, संविधान सभा सदस्य तारा घर्ती लगायतको आतिथ्यतामा भएको थियो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा ले सहजीकरण गरेका थिए ।

Nabintech