७ बैशाख २०८१, शुक्रबार
बाँकेमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि


बाँके । बाँकेमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढेको छ । आज मात्रै २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका २१ जना छन् । ४ जना बाहिरी जिल्लाका हुन्।

भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा १७ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जना, बाँकेको खजुरामा ४ जना र जमुनाह नाकामा ३ कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । यससंगै आज ७ जना निको भएका छन् ।

अहिले बाँकेमा ६५ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

Nabintech