७ बैशाख २०८१, शुक्रबार
मल्ललाई कालोमोसो दलेको जिम्मा युवा जनस्वयमसेवक संगठनले लियो


कोहलपुर/कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई कालोमोसो दलेको जिम्मा युवा जनस्यसेवक नेपालले लिएको छ । युवा जनस्वयमसेवक नेपाल कर्णाली ब्युरोले सोमबार एक प्रेम विज्ञप्ति जारी गरेर कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो दलिएको घटनाको जिम्मेवारी लिएको हो ।

सोमबार जारी गरिएको उक्त विज्ञप्तिमा कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थामा विगत केही समय यता उपभोक्ताहरूबाट त्यहाँ भईरहेको अनमियतता बारे खवरदारी गर्दा पनि उक्त हर्कत नसच्याएको र उल्टै सोही संस्थाका अध्यक्ष नरबहादुर मल्लले उपभोक्तालाई धम्कि दिने गरेको साथै संस्थामा थुप्रै खाले अनमियतता भएकाले चेतावनी स्वरूप हाम्रो संगठनले कालो मोसो दलि सांकेतिक कार्वाही गरेको जनाएको छ ।
साथै उक्त सङ्गठनले गतबर्ष नै सधारसभा गरी नयाँ कार्यसमिति चयन गरि संस्थाको नियमित कार्य सञ्चालन गर्नुपर्नेमा पुरानै समितिलाई निरन्तरता दिई संस्थाको विधान विपरीत अवैधानिक ढंगले कार्य समिति चलाएको, नगरका विभिन्न ठाउँहरूमा खानेपानी पाईपहरू विछ्याउदा तथा मर्मत सम्भार गर्दा व्यापक रूपमा आर्थिक अनमियतता रहेको जनगुनासो आएकाले कारबाही गरिएको उल्लेख गरेको छ ।

सोमबार दिउँसोको समयमा दिउसो कार्यालय समयमा आएका ४ जनाको सहुमले कालो मोसो दलेर फरार भएको अध्यक्ष मल्लले जानकारी दिए । खानेपानीका बिषयमा अध्यक्ष संग कुरा गर्नु छ, भन्दै कार्यालयमा आएको समुहले सुरुमा कोहलपुर १० को खानेपानी समस्या बारे कुरा गरेको र त्यसपछी कालोमोसो दलेर फरार भएको उनले बताए ।

कालोमोसो दल्ने समुहको खोजी भई रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दिउसो २ बजे एक समुहले कालो मोसो दलेको सुचना पाए लगतै घटनाको अनुषन्धान सुरु गरिएको र संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

कुशेन्युज बाट साभार

Nabintech