१२ बैशाख २०८१, बुधबार
राप्तीसोनारीमा काठ दाउराको चोरी तस्करी बढ्दो, नियन्त्रणमा बन कार्यालय उदासीन


कोहलपुर /पछिल्लो समय राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सामुदायिक बन उपभोक्त समुहका पदाधिकारी, जनप्रतिनधी र बन कर्मचारी समेतको मिलेमतोमा काठ दाउराको चोरी तस्करी बढेको पाईएको छ । सो कुराको पुष्टी पछिल्ला केही घटनाहरुले राम्रोसंग गरेको छ । बाँकेको राप्तीसोनारी क्षेत्रमा निरन्तर रुपमा काठ चोरी तस्करी हुदै आएपनि त्यसको नियन्त्रणमा डिभिजन बन कार्यालय पुर्ण रुपमा असफल हुदै आएको छ ।

फिल्डमा खटिने कर्मचारी समेतको मिलेमतो हुदा चोरी नियन्त्रणका लागी गरिने प्रयासहरु प्रभावकारी नहुने र तस्करहरु सजिलै उम्कने गरेको एक स्थानियले बताए । बन कर्मचारीको फितलो अनुषन्धानका कारण मुख्य तस्कर सजिलै उम्कने र अन्य मानिसहरुलाई दोसि देखाउने गरिएको समेत स्थानियको भनाई छ ।

घटना १

सिक्टा सिचाई आयोजनाको नहर बिस्तारका लागी २०७४ सालमा कटान आदेश लिएर बाँके राप्तीसोनारी क्षेत्रको सिद्धबाब बन उपभोक्त समितीले ठुलो मात्रामा काठ कटान गर्यो । कटान गरेको ३९ चटा काठ दाउरा २०७७ सालमा डिभिजन बन कार्यालय बाँकेले लिलाम तथा आन्तरीक बिक्रिका लागी सामुदायिक बनलाई हस्तान्तरण गर्यो ।

बनले हस्तान्तरण गरेको काठ आन्तरिक बिक्रि वा लिलाम बिक्रि गनु पर्नेमा सामुदायीक बनले कुनै प्रक्रिया सुरु नै गरेन । सामुदायिक बन उपभोक्त समुहको कार्यलय परिसमा घाट गद्धि गरि राखेको ३९ मध्ये ३७ चटा काठ एका एक गायव भयो । काठ गाएव भएको बारे बन कर्मचरी र सामुदायिक बनका पदाधिकारीले अनबिज्ञता प्रकट गरे ।

काठ दाउरा चोरी भएपछि बन कार्यालय बाँकेले सामुदायिक बनका पदाधिकारी ११ जना उपर मुद्धा दायर गर्यो । सामुदायिक वनका पदाधिकारी उपर मुद्धा परेपछि उनिहरु पक्राउ परेर केही समय हिरासतमा बसेपछि उनिहरु हाल जनही धरौटी सहित तारेखमा छाडिएका छन् । सो बन समुहका अध्यक्ष मुकुन्द पाण्डेलाई ९ लाख र अन्यलाई सो भन्दा कम धारैटीमा छाडिएको छ ।

सो घटनामा फिल्डमा खटिने बन कर्मचारी समेतको मिलोमतो भएपनि उनिहरुलाई उन्मुक्ति दिएर बन समुहका पदाधिकारीलाई मात्र दोषी देखाईएको स्थानियको भनाई छ । बन कर्मचारीको मिलोमतो बिना उक्त ठुलो मात्राको काठ अन्यत्र बिक्रि गर्न सम्भवन नहुने एक स्थानियले बताए ।

बन कर्मचारी र सामुदायिक बनका पदाधिकार समेतको मिलेमतोमा बिभिन्न ईटा उद्योग र स मिलहरुमा काठ पुयाईएको स्थानियले बताएका छन । सो समयमा उक्त स्थानमा बन अधिकृतका रुपमा मुसाफिर भगत र रेन्जर दिप बहादर शाही कार्यरत थिए । तर कर्मचारीलाई कुनै कार्यवाही गरिएन ।

घटना २

साउन ३२ गते राप्तीसोनारी गाउपालिका ६ को पनेरीया टोलमा राप्तीसोनारी ६ कै वडा अध्यक्ष एवं काठ व्यवसायी लवराज खरेलको घर भन्दा १ सय मिटरको दुरीमा स्थानियले ५६ थान खयर जातको गोलिया फेला पारेर सव बन डिभिजन कार्यालय मेहमानपुरलाई खवर गरे ।

राप्ती सोनारी ६ का वडा अध्यक्ष लवराज खरेल राभिल कन्स्सट्रक्सनका सञ्चालक समेत हुन । सोही फर्मबाट उनले काठ दाउराको कारोवार गर्दै आएको एक स्थानियले बताए । खरेलको नेतृत्वमा आधा दर्जन अदृष्य साझेदारहरु रहेको स्थानियको भनाई छ । स्थानियको खवरपछि सव वन डिभिजन बन कार्यालयका प्रमुख मनोज शाह सहितको टोलि घटनास्थल पुग्यो ।

घटनास्थलमा पुगेको टोलिले अबैध खयर जातका काठ बरमद गरि मुचुल्का बनाएर नियन्त्रणमा लिनु पर्नेमा भोलि आउने भन्दै बन कार्यालय फर्कियो । भोलि पल्ट बन कार्यालयको टोलि अघिल्लो दिन काठ भएको ठाँउमा पुग्दा उक्त स्थानमा सो काठ थिएन । बन कर्मचारीले सो काठ खोजि गर्न चासो दिएनन । स्थायिन आफैले बिभिन्न स्थानमा कतै झाडिमा फालेको, कतै जमिनमा पुरेको अस्थामा ४० थान खयरका गोलिया फेला पारेर बन कार्यालयलाई बुझाए ।

उक्त घटनाको अनुषन्धान गर्न पनि बन कार्यालयले खासै चासो नदिएको स्थानियको भनाई छ । स्थानियले मुचुल्का तयार गर्ने क्रममा २ जनाको संम्लग्नताको आशंका गरेको भएपनि बन कर्मचारीले भने १ जनाको मात्रै नाम लेखेको स्थानियको भनाई छ । सव बन डिभिजन कार्यालय मेहमानपुरका अधिकृत मनोज शाहले अघिल्लो दिन रात पर्न लागेकाले भोलिपल्ट आउने भन्दै फर्केको जानकारी दिए ।

दास्रो दिन काठ हराएको र स्थानियको सहयोगमा फेला परेको जानकारी दिदै सो बारेमा थप अनुषन्धानका लागी डिभिजन बन कार्यालय नेपालगन्जमा फाईल पठाईएको जानकारी दिए । उनले जिल्लाबाट नै सो घटनाबारे थप अनुषन्धान भई रहेको बताए ।तस्करी नियन्त्रण गरी दोशी लाई कार्यावाहीको माग गदै नेपाली काँग्रेस , माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी लागतका राजनैतिक दलहरुले बन कार्यालय लगायत सरोकारवाला निकायमा समेत ज्ञापन पत्र बुझाएका छन ।

घटना ३

२०७८ सालमा सिद्धबाब बन उपभोक्त समितीको बन क्षेत्रमा केहि थान सालका रुखहरु अवैध रुपमा काटिए ।

बन तस्करहरुले काटेर छाडेका रुखहरु केहि दिनसम्म बन क्षेत्रम अलपत्र अवस्था रहेको स्थानिय बताउँछन । केही दिनपछि हालका वडा अध्यक्ष एंव सो समयका काठ व्यवसायी लवराज खरेलको ट्याक्टरमा उक्त काठको गोलिया अन्यत्र लैजान लागेको थाहा पाएका उपभोक्तहरु बन क्षेत्रमा गस्ति गरिरहेका थिए । खरेलको ट्याक्टर सहितका कामदार बन क्षेत्रमा पुगेको थाहा पाएका स्थानियले ट्याक्टर समात्न भने असफल भए ।

लवराज खरेलको ट्याक्टर भएको थाहा पाएपछि स्थानियले बन समुह र बन कार्यालयमा लिखीत उजुरी दिए । घटनास्थलमा पक्राउ पर्न नसकेको र खरेलले आफुलाई थाहा नदिई कामदार फुल्नी लाल थारुले ट्याक्टर उक्त स्थानमा लगेको भन्दै कामदार थारुलाई दोषी देखाईयो ।

बन समुहले ७३ हजार जरिवाना गरायो भने अदालतमा समेत केही धरौटी रकम बुझाएर फुन्नी लाल रिहा भए ।

Nabintech