१३ बैशाख २०८१, बिहीबार
कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो


कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई एक समुहले कालोमोसो दलेको छ ।
दिउसो कार्यालय समयमा आएको ४ जनाको अज्ञात समुहले कालो मोसो दलेर फरार भएको अध्यक्ष मल्लले जानकारी दिए ।
खानेपानीका बिषयमा अध्यक्ष संग कुरा गर्नु छ भन्दै कार्यालयमा आएको समुहले सुरुमा कोहलपुर १० को खानेपानी समस्या बारे कुरा गरेको र त्यसपछी कालोमोसो दलेर फरार भएको उनले बताए ।
कालो मोसो दल्ने समुहको खोजी भई रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दिउसो २ बजे एक समुहले कालो मोसो दलेको सुचना पाए लगतै घटनाको अनुषन्धान सुरु गरिएको र सम्लग्नहरुको खोजी भई रहेको प्रहरीको भनाई छ ।
कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्तले पैसा तिरेपनी पानी उपभोग गर्न नपाएको गुनासो गर्ने गरेका थिए ।

कालोमोसो दलेको घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

Nabintech