१३ बैशाख २०८१, बिहीबार
कोहलपुरमा क्रियाशिल पत्रकार समुह तदर्थ समिति गठन


कोहलपुर क्षेत्रमा रहेका क्रियाशील, श्रमजिवी पत्रकारहरुको भेलाले कोहलपुरमा क्रियाशिल पत्रकार समुह तदर्थ समिति पुर्नगठन गरेको छ । भेलाले तदर्थ समितिमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

भेलाबाट समूहको अध्यक्षमा निर्मल आचार्य ,उपाध्यक्ष सरला सुवेदी, महासचिवमा रबि रोकाया, कोषाध्यक्षमा रबिन्द्र सिंह ठकुरी, सचिवमा पवित्रा परिवार र आरती कट्टेल चयन भएका छन् ।

यस्तै समतिको सदस्यहरुमा कृष्ण चौधरी, शुभाखर विश्वकर्मा, विवेक रेग्मी, कल्पना कार्की, धना के।सी। बिजय परियार, प्रदिप आचार्य, कल्पना शाही, रामकृष्ण छिनाल चयन भएका छन् ।

कोहलपुर क्षेत्रमा कार्यरत क्रियाशील, श्रमजिवी पत्रकाररसञ्चारकर्मीहरु संगठित हुनुपर्ने आवाज उठिरहेकाले कोहलपुर क्षेत्रमा रहेका सञ्चारगृहमा कार्यरत पत्रकाररसञ्चारकर्मीहरुको भेलाले समूह चयन गरेको अध्यक्ष आचार्यले बताएका छन् ।

भेलामा कोहलपुरका ३० जना क्रियाशिल संचारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । समूहले विशेष गरी सञ्चार प्रवद्र्वनमा केन्द्रित रहेर मोफसलका पत्रकार र सञ्चारकर्मीहरुका साझा समस्या समाधानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने बताइएको छ ।

सञ्चार क्षेत्रलाई बद्नाम हुने गतिविधी बढ्दै गइरहेकाले कोहलपुर क्षेत्रमा कार्यरत पत्रकाररसञ्चारकर्मीहरुलाई पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्ने गराउने वातावरण सिर्जना गर्ने बताइएको छ ।

त्यसै गरी सञ्चारकर्मीहरुको नाममा कहि कतै अनुचित गतिविधी भएको खण्डमा निगरानी गर्ने र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर आचारसंहिता विपरित हुने अनुचित गतिविधीहरु निरुत्साहित गर्ने समूहको उद्देश्य रहेको पुर्नगठित समूहका महासचिव रबि रोकायाले जानकारी गराएका छन।

तिन सदस्य विधान मस्यौदा समिति चयन

कोहलपुर क्रियाशिल पत्रकार समुहको भेलाले महासचिवको संयोजत्वमा तिन सदस्य विधान मस्यौदा समिति समेत चयन गरिएको छ । समितिको संयोजकमा रबि रोकाय सदस्य शुभाखर विश्वकर्मा सदस्य रामकृष्ण छिनाल चयन गरिएको छ ।

Nabintech