१५ चैत्र २०८०, बिहीबार
डुडुवाको गाउँसभामा गणपुरक संख्या पुगेन


डुडुवा गाउँपालिकाको १२ औँ गाउँ सभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ । गाउँपालिका अध्यक्षद्धारा आवहान गरिएको १२ औँ गाउँसभामा नेकमा एमाले र जनता समाजवादी पार्टी जसपा बाट निर्वाचित बहुमत सदस्यहरु  अनुपस्थित भएका थिए ।

लुम्बिनी प्रदेश सरकारको गाउँसभारनगरसभाको सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को परिच्छेद ३ दफा ७ ९१० को प्रावधान बमोजिम १२ औं गाउँसभाको प्रथम बैठक स्थगित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।

उनका अनुसार दिउँसो डाँकिएको बैठकमा बहुमत सदस्य उपस्थित नभएपछि साँझ ५ः३० बजे बैठक स्थागित भएको सूचना जारी गरिएको हो । सभाको बैठकको जानकारी पाएका डुडुवाका जनताहरुले चासो लिएर उल्लेख्य सहभागिता जनाएका थिए ।

त्यस अवसरमा उपस्थित भएका गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जनताका हितमा काम गर्ने भन्दै जनताको हितविपरित कुनै पनि निर्णय नगर्ने स्पष्ट पारे । सभामा पत्रकारहरु समक्ष बोल्दै अध्यक्ष चौधरीले कानून विपरित कुनैपनि निर्णय तथा कार्य नगर्ने भन्दै विपक्षी दलका पदाधिकारीहरु विभिन्न बखेडा झिकेर विवाद गरेको बताए ।

जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने वातावरण नबनाउँदा अनाहकमा जनताले दुःख पाउने भन्दै निकासका लागि अघि बढनुपर्नेमा जोड दिदै समस्या समाधानका लागि तत्काल प्रयत्न गर्ने अध्यक्ष चौधरीले बताए । गाउँसभा बस्न नसकेपछि गाउँपालिकाले नया आर्थिक वर्ष २०७९र८० का वार्षिक नीति तथा कार्यक्रम र बजेट समेत ल्याउन सकेको छैन । यसले गर्दा गाउँपालिकाका समग्र योजना लगायतका कार्यक्रमहरु प्रभावित भएको अध्यक्ष चौधरी बताउँछन् ।

Nabintech