८ बैशाख २०८१, शनिबार
माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको बैठक भोली


लमही, २२ साउन । नेकपा (माओवादी  केन्द्र) लुम्बिनी प्रदेश कमिटिको तेस्रो पूर्ण बैठक दाङको लमहीमा हुने भएको छ ।

सोमवार हुने बैठकमा प्रदेश कमिटिका सदस्य सहित झन्डै पाँचसय बढी सहभागि हुनेछन् । बैठकले सांगठनिक तथा आगामी योजना बारे महत्वपूर्ण विषयमा छलफल गरिने माओवादी केन्द्र प्रदेश कमिटी सचिव कृष्ण घिमिरे प्रकाश ले जानकारी दिए।

बैठकमा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा र आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनको विषयमा केन्द्रित हुनेछ । बैठकमा अतिथिको रूपमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णवहादुुर महरा, पूर्व अर्थमन्त्री तथा पार्टीका प्रभावशाली नेता वर्षमान पुन लगायतका नेताहरू उपस्थित हुने छन् ।

बैठकको व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । बैठक लमहीको सत्यसाई हल लमहीमा हुनेछ ।

Nabintech