४ बैशाख २०८१, मंगलवार
बाँके क्षेत्र नम्बर १ मा पाँच दलिय गठबन्धन दोब्बर मतले अगाडी


कोहलपुर /आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नं १ मा पाँच दलिय गठबन्धन दोब्बर मतले अगाडी छ ।

गत स्थानिय तहको निर्वाचतमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्दा नेकपा एमाले भन्दा दोब्बर मतले गठबन्धन दलहरु अगाडी रहेको पाईएको हो । निर्वाचन कार्यालय श्रोतका अनुसार गत स्थानिय तहमा नेपाली काँग्रेसका वडा अध्यक्षहरुले पाएको मत २८ हजार ६१९ , माओवादी केन्द्रका वडा अध्यक्षहरुले पाएको मत १७ हजार ११०, जनता समाजवादी पार्टीले पाएको मत ९ हजार ९५१ र एकिकृत समाजवादीका वडा अध्यक्षले पाएको मत ६२३ गरी जम्मा ५० हजार ३०३ रहेको छ । नेकपा एमालेका वडा अध्यक्षहरुले प्राप्त गरेको मत २५ हजार ३१० मात्र रहेको छ । जुन आधा कम मत हो ।

क्षेत्र नम्बर १ मा हालसम्म गठबन्धमा नखुलेको राजेन्द्र लिङदेल राप्रपाको ४ हजार ७८९ र महन्त ठाकुरको लोकतान्त्रीक समाजवादी पार्टीको ३६१ मत मात्र रहेको छ ।

चर्चामा को को छन

गठबन्धन दल भित्र बाँके क्षेत्र नं १ कुन दलले पाउने भन्नेमा ठुलो रस्साकस्सी छ । स्थानिय तह निर्वाचनमा २ वटा पालिका कोहलपुर र राप्तीसोनारी जितेको नेपाली काँग्रेसले यो क्षेत्र आफुले पाउनु पर्ने दाबि गरि रहेको छ भने गत २०७४ को निर्वाचनमा जितेको माओवादी केन्द्रले यो निर्वाचन क्षेत्र आफुले पाउनु पर्ने दाबि गरीरहेको छ । केन्द्र मार्फत नै टुगो लाग्ने गठबन्धन अन्तर्गत जुन दलले पाउने भएको भएपनि प्रारम्भिक रुपमा नेपाली काग्रेसबाट जिल्ला सभापति नारायण प्रसाद गौडेल, पुर्व क्षेत्रिय सभापती माधवराम खत्रि र हालका क्षेत्रिय सभापति पोषण केसी र नारयण सिग्देलको नाम चर्चामा रहेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट हालका सांसद एंव युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, महिला नेतृ पुर्ण कुमारी सुबेदी , प्रदेश सांसद कृष्णा केसी नमुना र युवा नेता नरेन्द्र न्यौपानेको नाम अग्र पंतिमा छ ।

गठबन्धका कारण जित सहज हुने देखिएकाले गठबन्धन दलहरु बिच नै बाँके क्षेत्र नं १ लिनका लागी ठुलै रस्साकस्सी हुने देखिएको छ । स्थानिय नेता बाहेकबाट नेपाली काग्रेसका उपसभापती पुर्ण बहादुर खड्का समेत यस निर्वाचन क्षेत्रबाट चुनाव लड्ने काँग्रेस कार्यक्रर्ताहरुले दाबि गरिरहेका छन ।

गठबन्धनसंग प्रतिस्प्रर्धाका लागी नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य सुर्य ढकाल र पुर्व संबिधानसभा सदस्य देबराज भारको नाम चर्चामा रहेको एमाले श्रोतले बताएको छ । युवा नेता हुनुको नाताले दुई मध्ये ढकाल कै नाम अग्र पंतिमा रहेको अधिकांश एमाले कार्यकर्ताहरुको भनाई छ ।

बाँकेमा थपिए ६ हजार बढी मतदाता

गएको स्थानिय निर्वाचन पछि बाँकेमा ६ हजार मतदाता थपिने भएका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ हजार ३९७ नयाँ मतादाता थपिन लागेका हुन । ईलाका प्रशासन कार्यालय कोहलपुरमा रहेको नामावली संकलन केन्द्रमा पुगेर १ हजार ५५० र जिल्ला निर्वाचन कार्यालयमा ४ हजार ८४७ मतदाताले फोटो सहितको नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

सो नामहरुको भेरीफिकेसनको काम भईरहेको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । मंसिर ४ को निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलनको काम रोकीएको छ ।

Nabintech