४ बैशाख २०८१, मंगलवार
कच्चा तेलको मूल्य पाँच महिना यताकै न्यून बिन्दुमा


२० साउन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनायताकै न्यून बिन्दुमा झरेको छ । नेपालले प्रशोधित रुपमा खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य शुक्रबार प्रतिब्यारेल ९४ डलर ६३ सेन्ट कायम भएको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्य गत २४ फागुनमा हालसम्मकै उच्च बिन्दु १२४ डलर थियो । कच्चा तेलको मूल्य पाँच महिनायता ३० डलर प्रतिब्यारेलमा घटेपछि यसले नेपाल जस्तो तेलको मूल्यका कारण संकट उन्मुख रहेको अर्थतन्त्रलाई राहत पुग्ने अनुमान गरिएको छ ।

कच्चा तेलको मूल्य घट्नुलाई तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठन ९ओपेक प्लस० को निर्णय प्रमुख मानिएको छ । संगठनले सेप्टेम्बर महिनाका लागि कच्चा तेलको उत्पादन बढाउने दैनिक एक लाख ब्यारेलले बढाउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दाको फाइदा नेपालमा सुरु भइसकेको नेपाल आयल निगमले जनाएको छ । अंग्रेजी महिना जुलाईमा मात्रै अन्तर्राष्ट्रिय मूल्य र स्वदेशी खपत दुवैमा भएको कमीले समग्र भुक्तानी मूल्यमै बचत भएको निगमका नायवकार्यकारी निर्देशक एवं लेखा प्रमुख नागेन्द्र साहले बताए ।

पेट्रोलियम पदार्थको खपत यस अघि दैनिक एक अर्बको रहेकामा उक्त महिना ७० करोडमा झरेको निगमले जनाएको छ । बर्खाका कारण विकास निर्माणको काम नहुने र मानवीय गतिविधि पनि कम हुने भएकाले मासिक खपत नै २४र२५ अर्ब हाराहारी हुने निगमको अनुमान छ । यस अघि यस्तो बिक्री मासिक ३० अर्ब हाराहारी थियो ।

इन्धनको मूल्य घट्दा निगमको घाटामा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो महिना मासिक ४ अर्ब बढी रहेकामा यो महिना एक अर्ब ३० करोड हारहारी मात्रै घाटा रहने निगमको प्रक्षेपण छ ।

पुस २०७७ बाट बढ्न थालेको इन्धनको मूल्यका कारण पेट्रोलियम पदार्थमो हालसम्मकै उच्च रकम मुलुकबाट बाहिरिएको थियो । आव २०७७र७८ मा २ खर्ब १४ अर्बको पेट्रोलियम पदार्थ आयात भएकोमा आव २०७८र८९ मा ३ खर्ब ८३ अर्ब रुपैयाँ पेट्रोलियम पदार्थ खरिदका लागि मुलुकबाट बाहिरिएको थियो ।

इन्धन खरिदका लागि ठूलो रकम मुलुकबाट निगमको कोषमा रहेका २६ अर्ब रुपैयाँ सकिएर निगम उल्टै ३२ अर्ब रुपैयाँ नोक्सानीमा गएको थियो । निगमले इन्धनको मूल्य तिर्न बैंक र वित्तीय संस्थामा रहेको निक्षेप निकालेर भुक्तानी गर्न थालेपछि समग्र बैकिङ प्रणालीमै लगानीयोग्य रकमको अभाव सृजना भएको थियो । इन्धनको मूल्य अझै घट्ने अन्तर्राष्ट्रिय प्रक्षेपणका कारण आउँदा दिनमा यसले अर्थतन्त्रमा अझै सकारात्मक संकेत ल्याउने जानकारहरु बताउँछन् ।

Nabintech