७ बैशाख २०८१, शुक्रबार
कोहलपुरको नमुना बिद्यालयमा बेथिती : एकै दिन २५ शिक्षक अनुपस्थित


कोहलपुर नगरपालिकाको टोलीले कोहलपुरमा रहेको नमुना सामुदायिक विद्यालयको अनुगमनगरेको छ । कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्य ,समाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिश्वकर्मा र शिक्षा शाखा प्रमुख रबि लाल मिजार लगाएतको टोलिले कोहलपुर नगरपालिका वडा नं. १०मा रहेको त्रिभुवन नमुना माविमा अनुगरम गरेका थिए ।

विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफुखुशी विदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भेटिएको नगर प्रमुख आचार्यले जानकारी दिए । अनुगमनका क्रममा टोलले विद्यालयमा २५ जना शिक्षकहरुले हाजिरी नगरको पाईएको सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिश्वकर्माले वताए । मेयर आचार्यको टोलीले विद्यालयमा रहेका सवै शौचालय, विद्यालय कक्षा कोठा र विद्यालय को सम्पूर्ण शैक्षिक सुधारको वारेमा अनुगमन गरेका थिए । मेयर पूर्ण प्रसाद अचार्यले आफु पनि त्रिभुवन नमुना माविमा पढेको र कोहलपुरको नमूना विद्यालय वाट अन्य विद्यालयहरुले समेत नयाँ कुरा सिक्न सक्ने वातावरण वनाउनु पर्ने वताए ।

स्थानिय सरकारले स्थानिय विद्यालयहरुलाई गरेको लगानी कस्तो रहेको र त्यसवाट बिद्याथीहरुले गुणस्तरी शिक्षा प्राप्त गर्ने सकेको नसकेको भन्ने वारेमा बुझ्न गएको वताए । यस्तै अनुगमन टोलीले विभिन्न खालका सुझाव विद्यालयलाई दिएकाछन् । कक्षामा नियमति विद्यार्थी र शिक्षक उपस्थिती गराउनु पर्ने , शौचालय, विद्यालय क्षेत्र र कक्षा कोठा मा सरसफाईमा विशेष ध्यान दिनु पर्ने , बत्ति पानिको व्यवस्था राम्रो गर्नु पर्ने , शिक्षकको विदा र हाजिरी दुरुस्त राख्नु पर्ने ,बगैचा र खेल मैदान व्यवस्थित गर्नु पर्ने , विद्यालयले कुनै पनि निर्णय गर्दा नगर शिक्षाको नीति बिधी पालना गरेर गर्नु पर्ने , र इ हाजिरिलाई नियमित प्रयोग गर्नु पर्ने देखिएको बिश्वकर्माले वताए ।

अनुगमनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर वहादुर विष्ठ ,विद्यालयका प्रधान अध्यापक देवका थापा लगाएको सहभागिता रहेको थियो ।
नगर प्रमुख आचार्यले विद्यालय व्यवस्थापन समिति , शिक्षक र विद्यार्थीहरुका गुनासा र सल्हासुझाव समेत लिएका थिए । आफुहरु कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका सवै सामाजिक र सर्वजनिक क्षेत्रहरुको अनुगमन गर्ने समेत वताए ।

Nabintech