८ बैशाख २०८१, शनिबार
सिमा क्षेत्रका स्थानीय असुरक्षित


बाँके राप्ती सोनारी ४ सिमा क्षेत्रका ४ सय बढि घर परिवार निकै असुरक्षित जिवन विताई रहेका छन् । नेपाल र भारतको सिमा क्षेत्रमा बसोबास गर्दै आएका करिव ८ गाउँका ४ सय बढि घर परिवार असुरक्षित जिवन विताई रहेका हुन । खुल्ला सिमानाका कारण नेपाली बस्तीहरुमा चोरी सिकारी, तस्कर हुने गरेको छ ।
भारतीयहरुले त्यस क्षेत्रमा आएर दैनिक रुपमा मानव बस्तीलाई नै दुख दिइरहेको बताईन्छ । त्यस को उदाहरण गत ६ गते खयरभट्टीका ४० बर्षिय चुडामणी घर्ती रहेका छन् । भारतीय डाँकाहरुले उनी माथि सांघातिक हमला गरेका छन् । जस्का कारण उनी गम्भीर घाइते भएका छन् । पारिवारिक श्रोतका अनुसार घाइते घर्तीको अहिले भिंगा बजारमा उपचार भइरहेको छ । टाउकोमा १० वटा टाँका लागेको र अहिले अवस्था सामान्य रहेको परिवारले जनाएको हो ।
२०५३ साल बाट बसोबास गर्दै आएका ४ सय बढि घर परिवार नेपालको भु भाग सिमा मिच्न बाट जोगाएको दावी गर्दै आएका छन् । गत बर्ष उक्त स्थानमा सुरक्षाको लागी सशस्त्रको विओपी स्थापना गरे पनि भौगोलिक विकटताका कारण असुरक्षित रहेको स्थानीयको भनाई छ । यस बिषयमा वडा कार्यालयले निकै चासो देखाएको छ ।
वडा अध्यक्ष मिनराज खड्का (सन्तोष) ले घटनाबारे तत्काल तथ्य बुझेर त्यहाँको जनतालाई सुरक्षाको प्रत्याभुत गराउन लागी परेको बताए । बाँकेको प्रमुख जिल्ला अधिकारी र त्यहाँको विओपीको इन्चार्ज संग छलफल गरेर शान्ति सुरक्षाको लागी विशेष पहल गर्न आग्रह गर्ने वडा अध्यक्ष खड्काको भनाई छ । अहिले पनि उक्त स्थानमा खानेपानी, विजुली र मोवाईल नेटवर्क विहिन छ ।

Nabintech