१३ बैशाख २०८१, बिहीबार
ट्रेड युनियन महाँसंघको प्रशिक्षण


अखिल नेपाल ट्रेड युनियन महाँसंघका अध्यक्ष जगत सिंखडाले समाजिक सुरक्षा ऐनको पुर्ण कार्यान्यन हुनु पर्नेमा जोड दिएका छन । बिहीवार अखिल नेपाल ट्रेड युनियन महाँसंघ लुम्बिनी प्रदेशले बाँकेको कोहलपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । उनले मजदुरको न्युनतम बेतन समेत पुर्ण कार्यानयन हुन नसकेकाले थप सर्घषको आवश्यकता रहेको धारणा राखे ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव अकल बहादुर बमले मजदुर मैत्रि ऐन कानुनहरुको पुर्ण कार्यनयनमा जोड दिएका थिए । उनले माओवादी पार्टीका कमिटीहरुमा समेत मजदुरहरुको समानुपातिक प्रतिनिधीत्व रहेको दाबि गरे ।
संगठनका राष्ट्रिय अधिबेशनको तयारीका क्रममा देशव्यापी संगठन सुद्धढीकरण अभियान अन्र्तगत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको संगठनका प्रदेश अध्यक्ष दान बहादुर वली निर्माणले जानकारी दिए ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महाँसंघका केन्द्रीय उपाध्यक्ष धन बहादुर बिक , महासचिव सालिक काफ्ले ,केन्द्रीय सदस्य दिपक पोख्रेल , महाँसघ बाँके अध्यक्ष बसन्त मल्ल लगायतले प्रशिक्षण दिएका थिए ।

Nabintech