७ बैशाख २०८१, शुक्रबार
बढैयातालको नीति तथा कार्यक्रम


बढैयाताल गाउँपालिकाको नीति तथा कार्यक्रममा सहमतिमा पास भएको छ। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्राथामिकतामा राखेर निति तथा कार्यक्रम पास गरेको बढैयातालका अध्यक्ष हिमालय त्रिपाठीले बताए ।
गाउँपालिकाका अपरीहार्य आवश्यक्तालाई समावेश गरेर नीति तथा कार्यक्रममा समावेश गरेर निती तथा कार्यक्रम ल्याईएको त्रिपाठीको भनाई छ । स्थानीय स्तरमा लुकेका विषयको प्रबद्धन र संरक्षण गर्ने कार्यक्रममा प्राथामिकता दिईएको छ।खेल प्रबद्धनका लागी रंगशाला,फोहोर मैला व्यवस्थापन,साना उद्योगलाई प्रत्सोहान गर्ने कामलाई समाबेश गरेको अध्यक्ष त्रिपाठीले बताए ।
अध्यक्ष लगायत पालिकाका सम्पुर्ण जनप्रतिनिधिको सहमतिमा निति तथा कार्यक्रम पास भएको उपाध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिईन
निति तथा कार्यक्रमा करिब ७२ करोड बजेट बिनियोजन भएको उहाँले बताउनु बताईन । नीति तथा कार्यक्रम अनुसार बजेट बनाई साउन १० गते बजेट पास गरिने अध्यक्ष त्रिपाठीले बताए । विगतमा करारमा भर्ना गरिएका कर्मचारीलाई बिधि बिधानमा टेकेर कर्मचारी नियुक्ती दिन सकिने र वडामा एक करोड बजेट विनियोजन गर्ने पालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरूबीच सहमति समेत भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए ।
भर्खर सम्पन्न निर्वाचनमा बढैयाताल गाउँपालिकामा ने क पा माओवादी केन्द्र पालिका अध्यक्ष र एउटा वडा जितेको छ भने एमालेको ७ वटा वडामा पूर्ण बहुमत छ। एउटा वडा भने नेपाली कांग्रेसले जितेको छ।
बहुमत वडा जितेको एमालेले करार कर्मचारी लागयतका बखेडा झिकेर कार्यपालिका बैठक बहिस्कार गर्दा नगर सभा हुन सकेको थिएन ।

Nabintech