८ बैशाख २०८१, शनिबार
लुम्बिनी प्रदेश विश्व विद्यालय खजुरामा बन्ने सुनिश्चितता : सभाषद आई पि खरेल


लुम्बिनी प्रदेस सभा सदस्य आईपी खरेलले प्रदेश विश्व विद्यालय खजुरामा नै बन्ने सुनिस्चित भई सकेको बताएका छन । उनले यसको स्थापना र सञ्चालनको बाताबरण तयार पार्न आग्रह गरेका छन् ।
खजुरामा शनिबार लुम्बिनी प्रदेस विश्व विद्यालय नागरिक सरोकार विषयक छलफल गोष्ठीका बोल्दै सभाषद खरेलले यस्तो बताएका हुन ।
उनले लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाको लागि भएका प्रयासको बारेमा जानकारी दिदै सबैले अपनत्व र जस लिने गरी सामुहिक भावनामा अघि बढ्न आग्रह गरे । उनले भने हामी सबैको सामुहिक प्रयासले मात्र खजुरामा प्रदेश विश्व विद्यालय स्थापना हुने ग्यारेन्टी भएको छ ।

सो अवसरमा प्रदेस सभा सदस्य कृष्णा केसी नमूना, शिक्षाविद् डा. जनार्दन आचार्य, डा कृष्ण आचार्य, खजुरा गाउपालिकाका अध्यक्ष डम्बर विक तुफान, शिक्षाबिद् भक्तबहादुर केसी, लगायतले खजुरामा विश्व विद्यालय स्थापना र सञ्चालनका लागि आफ्नो तर्फबाट पुर्ण रुपमा लागीपर्ने प्रतिबद्धता जनाएका थिए ।
लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा प्रदेश विश्व विद्यालय स्थापना गर्ने निर्णय गरेको भएपनि विश्व विद्यालय सञ्चालन ऐन, नियमावली जस्ता कानूनी प्रवधान निर्माण गर्न नसकेकोकारण प्रदेश विश्व विद्यालय खजुरामा निर्माणमा केहि ढिलाई भएको बताईएको छ । ऐन नियमावली तयार भएपछि खजुरामा स्थापना हुने सुनिश्चितता भएको हो ।

Nabintech