२८ श्रावण २०७९, शनिबार
कोहलपुरमा लाइन्स क्लवको संयुक्त पद हस्तान्तरण


कोहलपुरस् लायन्स क्लब अफ मानसरोबर कोहलपुर र लायन्स क्लब अफ कस्तुरी कोहलपुरको संयुक्त आयोजनामा पद हस्तान्तरण कार्यक्रम शानिबार कोहलपुरमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ कोहलपुर कस्तुरीका निबर्तमान अध्यक्ष संगिता सुबेदीले बर्तमान अध्यक्ष अन्जु न्यौपानेलाई र लायन्स क्लब अफ मानसरोबरका निबर्तमान अध्यक्ष प्रकाश शाहले बर्तमान अध्यक्ष बिष्णु बेल्बासेलाई पद हस्तातरण गरेका हुन । पद हस्तातरण कार्यक्रममा पदभार गहण गरेका अध्यक्षहरुले समाजमा अप्ठयारोमा परेका ब्यक्तिहरुलाई निशुल्क मानबिय सेवा दिने प्रतिबद्धता ब्यक्त गरेका छन ।

लाइन्स क्लब इन्टरनेशनल ३२५ एनको आयोजनामा सम्पन्न पदभार कार्यक्रममा प्रमुख अतिथी लाइन्स क्लब इन्टरनेशनल ३२५ एनका डिष्टिक गर्भनर सिवि चन्दले लायनहरु सकारात्मक कुरा सिकेर दुख पिडामा परेका दीन दुखीहरुको निशुल्क सेवामा लाग्नुपर्नेमा जोड दिए । उन्ले डोनेशन लिएर त सबैले सहयोग गर्न सक्छ तर लायनहरु निशुल्क अनि यथा शिघ्र सहयोग कार्यक्रम लिएर अप्ठयारोमा परेका ब्क्ति समुदाय र स्थानमा जाने भएकाले लायनको छुट्टै पहिचान भएको जिकिर गरे ।

लायन्स क्लब अफ कोहलपुर कस्तुरीका निबर्तमान अध्यक्ष तथा कोहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुबेदीले लाइन्स क्लवमा युवाहरुलाई जोड्दै समाजसेवामा लाग्न उत्प्रेरित गर्नुपर्नेमा जोड दिइन।
कार्यक्रममा लायन अग्रजहरु खेमराज भट्ट ,चिन्तामणी धिताल, एलबि क्षेत्रि, टिपि न्यौपाने, अशोक कोइराला, तेज प्रसाद अधिकारी, नबिन निश्चल आचार्य लगाएत ३ दर्जन लायनहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन लायन बिनोद भट्टराइले गरेका थिए ।

यसैबिच आज शनिबार नै लायन्स क्लब अफ कोहलपुर,लायन्स क्लब अफ सयपत्री,लायन्स क्लब अफ मानसरोवर ,लायन्स क्लब अफ कोहलपुर कस्तुरीको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय आधारभूत बिद्यालय कोहलपुर १५ चौधरीयामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बिभिन्न प्रजातिका एक सय बढि बिरुवा बिद्यालय प्रांगणमा रोपिएको लायन्स क्लब अफ कोहलपुरले जनाएको छ ।

Nabintech