१२ बैशाख २०८१, बुधबार
पत्रकार परियारलाई नियन्त्रणमा लिएको घटनाको चौतर्फि आलोचना


कोहलपुर/कोहलपुरमा बुधवार साँझ भएको सडक दुर्घटनामा ज्यान गुमाएका मोटरसाइकल चालकका आफन्त तथा स्थानीयहरूले गरेको विरोध प्रदर्शनका क्रममा पत्रकार परियारले समाचार संकलन गर्दै गर्दा कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लले धरपकड गर्दै सञ्चार उपकरण मोवाइल सहित पत्रकार परियारलाई नियन्त्रणमा लिएको घटनाको चौतर्फि आलोचना हुँदै गएको छ ।
विहिवार घटना लगत्तै रेडियो कोहलपुर एफ.एम. र क्रियाशील पत्रकार समूहले छुट्टा–छुट्टै बिज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको भौतिक र व्यवसायिक सुरक्षामा ठाडो हस्तक्षेप भएको ठहर गर्दै भत्र्सना जनाएका थिए ।

यसै गरी विहिवार कोहलपुर क्षेत्रमा क्रियाशील पत्रकाररसञ्चारकर्मीहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै पत्रकार परियारले आफू पत्रकार भएको भन्दै परिचयपत्र देखाउँदा समेत उक्त घटना हुनुले प्रमुख मल्लको आम संचारप्रतिको धारणा सकारामत्मक नदेखिएको भन्दै प्रमुख मल्ल र इलाका प्रहरी कार्यालय कोहलपुरको संचारप्रतिको धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

साथै आगामी दिनमा पनि यस्ताखाले घटना दोहोरिन नदिन र संचार क्षेत्र र संचारकर्मीप्रति सम्वेदनशील हुन बिज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

विहिवार सडक दुर्घटनाका पीडितहरुले उचित क्षतीपूर्ती सहित मोटरसाइकललाई ठक्कर दिने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कर्मचारी सवारी गर्ने बसका चालकलाई कारवाहीको माग राखेर गरेको प्रदर्शनको समाचार संकलनका लागि इलाका प्रहरी कार्यालय कोहलपुर परिसर अगाडीबाट रिपोटिंगकै क्रममा पत्रकार परियारलाई धरपकड गरेर मोवाइल समेत कोहलपुर प्रहरी प्रमुख मल्लले नियन्त्रणमा लिएका थिए ।

 

Nabintech