८ बैशाख २०८१, शनिबार
कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बारे दलहरुको धारणा


नेकपा एमाले बाँके जिल्ला ईन्चार्ज सुर्य ढकाल

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बिधानमा भएको व्यवस्था बामोजिम कार्यकाल सकिएको छ । अबिलम्ब साधारण सभा गनु पर्ने हुन्छ । खास गरि संस्थामा जुन अनियममिता भएको भन्ने कुरा बाहिर आएको छ यसको एक छानिबिन समिती गठन गरेर दोषी देखिए  कार्यवाहीको दायरामा ल्याउनु पर्छ ।

खानोपनि पबित्र संस्था हो भनेर सहमतीमा सर्वदलिय कार्यसमिती निर्माण गरिएको थियो । त्यो समितीले के कस्तो काम गर्यो यसका बारेमा हामि पार्टीगत धारण बनाउने छौ । बिधान अनुसारको साधारणसभा नगरेर बिधान बिपरितका कार्य गदै जाने अवस्थामा हामि हाम्रा प्रतिनिधीलाई फिर्ता बोलाउने अवस्था आउछ । पार्टी कै सिफारिसमा जानु भएका उपाध्यक्षले यस अघि नै आफ्नो असहमती राख्दै राजिनामा पनि दिई सक्नु भएको छ ।

नेपाली काग्रेस कोहलपुरका नगर अध्यक्ष बिरेन्द्र शाह

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बिधानमा भएको व्यवस्था बारे मलाई प्रष्ट जानकारी भएन ।

बिधान अनुसार समय अवधी सकिएको हो भने साधारण सभा गनु पर्ने हुन्छ  ।

माओवादी केन्द्रका कोहलुर नगर कार्यबाहका अध्यक्ष बल बहादुर खड्का

कोहलपुरका जनतालाई स्वच्छ खानेपानी खुवाउने मुख्य अभिभारा लिएको संस्था पारदर्शी तरिकाले सञ्चालन हुन आवश्यक छ । संस्थाको नियमित साधारणसभा गर्ने समय पुगेपछि बिधीसम्वत तरिकाले फेरी नेतृत्वमा आउने वा नयाँ नेतृत्व आउने कुरा स्वभाबिकै हो । कार्यसमिती गठन भएको प्रत्येक ५ बर्षमा नियमीत साधारण सभा गरेर नयाँ कार्य समिती चयन गर्नु पर्ने थियो । त्यसो भई राखेको छैन ।

गुणस्तरीय खानेपानी सर्व सुलभ रुपमा जनताको घर घरमा पुर्याउनु पर्ने उदेश्यमा हामि चुकि रहेका छौ । नियमिती साधारणसभा हुन नसके बिधानमा भएको व्यवस्था बमोजिम थप १ बर्ष भित्र साधारणसभा गरि सक्नु पर्ने हो । साधारणसभा नयाँ नेतृत्व मात्रै होईन आफुहरुले गरेको काम अनुमोदन गराउने अवसर पनि हो ।

जनताका गुनासा हरुका आधारमा हामिले बिभिन्न माध्यामबाट यस कार्यसमितीलाई सचेत समेत गराउदै आएका थियौ, भेटमा फोन र सामाजिक सञ्जालका माध्यामबाट । छिटो भन्दा छिटो साधारणसभा गरेर नयाँ भिजन सहित कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले कोहलपुरका आम जनतालाई सर्वसुलभ स्वच्छ खानेपानी घर घर पुर्याउने जिम्मेवारी लिनु पर्छ ।

यो पनि पढनुहोस् ।

कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अबैधानिक

Nabintech