८ बैशाख २०८१, शनिबार
प्रदेश वन मन्त्री हमालको कोहलपुरमा रमाईलो बृक्षारोपण


सोमवार बिहान ७ बजे कोहलपुर ८ पिपरी चोकमा भिडभाड थियो । प्रदेश बन मन्त्री सुरेन्द्र हमालको झण्डावाल गाडी सहित आधा दर्जन सरकारी गाडीहरु थिए । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितका दुई दर्जन बढि सुरक्षाकर्मी । कोहलपुर नगरपालिका प्रमुख उप प्रमुख लगायतका जनप्रतिनिधीहरु र जिल्ला बन र सेक्टर बन कार्यालयका कर्मचारीहरु उपस्थित थिए ।
कार्यक्रम थियो कोहलपर ८ को गोल्छा देखी कोहलपुर १४ को सिमाना सम्म सडकको बिचमा बिरुवा रोप्ने कार्यक्रम । कोहलपुर नगर पालिकाका प्रमुख र प्रदेश बन मन्त्री हमालको भाषण पछि सुरु भयो बृक्षारोपण कार्यक्रम । प्रदेश मन्त्री, सिडीयो, प्रहरी प्रमुख नगर प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधीहरुद्धारा छत्रिवन जातका ४ वटा बिरुवा रोप्ने काम भयो ।
४ वटा बिरुवा रोपिसकेपछि सुरु भयो लामो फोटो सेसन, केही समय बिरुवा रोपे जस्तो गरेर केही समय रोपेको बिरुवा छेउ उभिएर पालै पालो फोटो खिच्ने काम भयो । पहिलो चरणको फोटो सेसन सकिएपछि कार्यक्रमस्थलमा आई पुग्नु भएकी कोहलपुर नगरपालिकाकी उपप्रमुख सहितको दोस्रो चरणका फोटो सेसन गरियो । मन्त्री सहितका अतिथीले ४ वटा बोट रोपेर फोटो सेसन गरिसकेपछि उनिहरु लागे नजिकै रहेको डोको कटेज तर्फ ।
केही स्थानिय भन्दै थिए अव बृक्षारोपण सकियो होला खाना खान तर्फ लागे अतिथीहरु । उनिहरु डोको कटेज भित्र पसिसकेपछि सुरु भयो अर्को चरणको बृक्षारोपण कार्यक्रम । कोहलपुर ८ का बिभिन्न निजी बिद्यालयबाट ल्याईएका कलिला नानी बाबुहरुले बिरुवा रोप्ने काम गरे । बिरुवा रोप्ने बजेट कति बिरुवा रोप्ने कार्यक्रम चलि रहदा बाहिर तिर मानिसहरु समुह बनाएर कानेखुसी गर्दै थिए । केहिले भन्दै थिए ८ सय बिरुवा रोप्नका लागी २५ लाख बजेट । केहीले होईन बजेट त ४० लाख हो अरे ।
केही भन्दै थिए प्रदेशको बजेट बाहेक प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट पनि हालिएको छ अरे । केही भन्दै थिए बृक्षारोपणका लागी बिरुवा बन कार्यलयले उपलब्ध गराएको छ के मा खर्च हुने हो त्यतीका रकम । बृक्षारोपणका लागी जेसीबिले खाल्डो खन्ने बाहेक अन्य काम सर्बसाधारणले जनश्रमदानबाट गरेको उनिहरु आपसमा कुरा गर्दै थिए ।
स्थानिय बासीन्दा भएपनि उपभोक्ता समिती निर्माणका क्रममा समेत आफुहरुलाई कुनै जानकारी नभएको गुनासो समेत गदै थिए । तर प्रदेश मन्त्री, सिडियो, प्रहरी प्रमुख र नगर प्रमुख लागायतका जनप्रतिनीधी उपस्थित सो काम उपभोक्ता समिती वा ठेक्का कुन बिधी बाट भएको न उनिहरुले जानकारी दिए न कुनै सुचना बोर्ड नै देखियो । त्यसो त जुन प्रक्रिया बाट काम भएको भएपनि सो स्थानमा आम सर्बसाधरणले देखिने गरि आयोजना बारेको सुचना पाटी राख्नु पर्छ कि पर्दैन ?

Nabintech