१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अबैधानिक


कोहलपुरका जनता लाई स्वच्छ खानेपानी खुवाउने मुख्य अभिभार लिएको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको वर्तमान कार्यसमिती पुर्ण रुपमा अवैधानिक रहेको पाईएको छ । कार्यसमिती गठन भएको प्रत्येक ५ बर्षमा नियमीत साधारण सभा गरेर नयाँ कार्य समिती चएन गर्नु पर्नेमा कार्यसमिती गठन भएको ७ बर्ष पुग्नै लाग्दा समेत साधारण सभाको मिती तोकिएको छैन । २०७२ साल पौष मा निर्माण गरिएको सो कार्य समितीले २०७७ पौषमा नियमित साधारण सभा गनु पर्ने थियो ।
तर सो समितीले साधारण सभा गरेन । बिभिन्न कारणहरु देखाउदै १ बर्ष कार्यकाल थपेको समितीले २०७८ पौष महिना भित्र साधारण सभा गनु पर्ने थियो । २०७८ पैषमा सधारण सभा नगरेको सो समितीले आफ्नो म्याद थप गर्न नसक्ने कार्यसमितीका एक सदस्यले जानकारी दिए ।
ति कार्यसमिती सदस्यका अनुसार बिधानमा आपतकालिन अवस्थामा १ बर्ष म्याद थप गर्ने व्यवस्था छ । ति समस्यका अनुसार १ बर्ष भित्र साधारण सभा नगर्ने बर्तमान कार्यसमिती पुर्णतया अबैधानिक छ । मुख्य राजनैतिक दल नेपाली काग्रेस , नेकपा एमाले र माओवादी केन्द्रको सहमतीमा कार्यसमिती चएन हुने भएकाले पनि सो कार्यासमिती खानेपानी उपभोक्ता भन्दा ति दलहरु प्रति जवाफदेही हुने भएकाले अवैधानिक कार्यसमितले खानेपाली संस्था सञ्चालन गरि रहेको छ ।
नेपाली काग्रेसका नेता नर बहादुर मल्ल २ कार्यकाल भन्दा लामो समय देखी सो सस्थाको अध्यक्ष छन । मल्ल नेतृत्वमा एमाले र माओवादी केन्द्रले भाग बण्डामा आफ्ना मानिसहरु कार्य समितीमा पठाएका छन । बर्तमान कार्यसमितीका पदाधिकारीहरु फेरी दोहरीने दाउमा साधारण सभाको मिती तय नगरेको कार्यसमितीकै एक सदस्यले बताए ।
यसरी चएन हुने गरेको छ कार्यसमिती
औपचारीक रुपमा साधारण सभा हुने भएपनि खासगरी नेपाली काग्रेस , नेकपा एमाले र माओवादी केन्द्रको सयुक्त बैठकले नयाँ कार्य समिती चएन गर्ने गरेको छ । ति दलले भाग बण्डाका आधारमा नयाँ कार्यसमिती चएन गर्ने गरेका हुन । हालका कार्य समितीमा नेपाली काग्रेले अध्यक्ष , नेकपा एमालेले उपाध्यक्ष , कोषाध्यक्ष र माओवादी केन्द्रले सचिव सहित कार्यसमिती सदस्य भागवण्डा गरेका थिए । सोही अनुसार अध्यक्षमा नरबहादुर मल्ल , उपाध्यक्ष शोभाकर अधिकारी , सचिव प्रेम कटुवाल , कोषध्यक्ष एक नारायण चापागाई लागायतको कार्य समिती थियो ।
उपाध्यक्ष शोभाकर अधिकारीले राजिनामा दिई सकेका छन । कार्यसमितीका तत्कालीन उपाध्यक्ष अधिकारीले साधारण सभाको नगर्दा आफुहरु अबैधानिक भएको भन्दै गएको माघमा राजिनामा दिएका हुन । राजिनामा दिएका अधिकारीले सार्वजनिक संस्थान लाई निती बिधीमा चलाउनु पर्नेमा त्यसो नहुदा आफु सो संस्थामा बस्न नसकेको जानकारी दिए । संस्था अपारदर्शी मनोमानि तरिकाले चलेको उनको भनाई छ । आर्थिक अवस्था धरासायी छ , उपभोक्ताको माग अनुसार स्वच्छ र आवश्यकता अनुसारको पानि बितरण गर्न नसकेपछि अवैधानिक समितीमा बस्नुको औचित्य रहेन एमालेको प्रतिनिधी समेत रहेका अधिकारीले भने ।
कार्यसमितीको पदाधिकारीको सेवा सुबिधा
साधारण सभा गर्न नसकेर अबैधनिक समितीको पदाधिकारी र सदस्य समेतले नियमीत बिभिन्न खाले सेवा सुबिधा लिने गरेको पाईएको छ । कार्यसमितीका एक सदस्यले दिएको जानकारी अनुसार संस्थाको तर्फबाट पैसा तिर्ने गरि कार्यसमितीका पदाधिकारी देखी सदस्य सम्मको जिवन बिमा गरिएको छ । प्रत्येकको ३ लाख ५० हजारको जिवन बिमा गरिएको छ । बिमा बापतको प्रिमियम हरेक बर्ष संस्थाको कोष बाटै जानेको गरेको छ ।
सो बाहेक पदाधिकारी र सदस्य सम्मले समान्य अवस्थामा मासिक २० लिटर पेट्रेल सुबिधा लिने गरेका छन । चाडवाड भत्ता बापत बार्षिक १५ हजार उनिहरुको घोषित सेवा सुबिधा हो । त्यस बाहेक दैलेख स्थाई वासिन्दा रहेका सचिव प्रेम कटुवालले दैलेख जादा र आउदा थप सुबिधा लिने गरेको कार्यसमितीका एक सदस्यले बताए । माओवादी केन्द्र दैलेखका जिल्ला संयोजक रहेका कटुवाल अधिकाँस समय दैलेख रहने र सेवा सुबिधा भने खानेपानी बाट लिने गरेको ति सदस्यको भनाई छ ।

संस्थाका कोषाध्यक्ष एक नारायण चापागाईले कोरोना कालका कारण र केही योजना अपुरा रहेकाले साधारण सभा गर्न नसकिएको बताए । उनले आगामी पुस सम्म साधारण सभा गर्ने योजना रहेको बताए ।

Nabintech